Logo
६ जेष्ठ २०८१, आईतबार
(May 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु

झापा: मेची राजमार्गअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–४ वर्ने सडकखण्डमा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार सोही गाउँपालिका–४ निवासी २५ वर्षीय अमृत मगर रहेका छन् । बुधबारेबाट घर जाने क्रममा उनी चडेको मे८प ५५६१ नंको मोटरसाइकल अनियन्त्रित भई नालीमा खस्दा गम्भीर घाइते भएका थिए ।

घाइते मगरलाई बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि ल्याइए पनि उनको उपचारकै क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 4, 2018

प्रतिक्रिया दिनुहोस्