Logo
२ जेष्ठ २०८१, बुधबार
(April 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

ललितपुर : एक दशकदेखि सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थालेका लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयका शिक्षकले शिक्षित अभिभावकलाई आकर्षित गर्न लागेका छन् ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले सन्तान सामुदायिकमा नै पढाउँदा समुदायको मन जित्न सकिन्छ भन्ने प्रमाणित भएकाले अहिले शिक्षित अभिभावकलाई लक्षित गरिएको विद्यालयले जनाएको छ ।

अभिभावकलाई मेरो विद्यालयमा नै सन्तान पढाउनु भनेर अनिवार्य गर्न नमिल्ने सहप्रधानाध्यापक रवीन्द्र थापाले बताए । उनले भने, “तर हामीले उनीहरुलाई अनुरोध गरिरहेका छौँ ।” भर्ना अभियान चलिरहँदा विद्यालय भने शिक्षित अभिभावकलाई लक्षित गर्न लागेको छ ।

आफूहरुले सन्तान पढाएपछि विद्यालयमा शिक्षित अभिभावकका सन्तान बढिरहेको विद्यालयले जनाएको छ । शिक्षित अभिभावकले सन्तान सामुदायिक विद्यालयमा पढाउँदा समुदायमा सकारात्मक सन्देश जाने थापा बताउनुहुन्छ । उन भने, “पढेलेखेका मान्छेले त सामुदायिकमा पढाए भने सामुदायिक विद्यालय नराम्रो होइनरहेछ भन्ने सन्देश फैलिन्छ ।” विद्यालयले स्थानीय निकायसँगको सहकार्यमा शिक्षित अभिभावकका सन्तान विद्यालय ल्याउन लागेको छ ।

विद्यालयले अभिभावकको चाहना बुझेर केही वर्षदेखि अंग्रेजी माध्यममा पढाउन थालेको छ ।

प्रकाशित मिति: Apr 28, 2018

प्रतिक्रिया दिनुहोस्