Logo
१६ बैशाख २०८१, आईतबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षामन्त्री पोखरेल बने धनुषामा चार बालिकाका अभिभावक

जनकपुरधाम : शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेल धनुषाका चार बालबालिकाको अविभावक बनेका छन् । नयाँ शैक्षिक सत्रको विद्यालय भर्ना अभियान अन्तर्गत मन्त्री पोखरेल बुधबार धनुषाको धनुषाधाम नगरपालिका ९ स्थित रहेको उच्च मावि मुलाबारीमा चार बालबालिकाको नामांकन गराएका हुन् ।

धनुषाधाम नगरपालिका ९ बस्ने नयन बहादुर विककी ५ वर्षकी छोरी अर्चना विक, कृष्ण अधिकारीकी ५ वर्षकी छेरी रेखा अधिकारी, पर्शुराम विकका ५ वर्षकी छोरी चुनाकुमारी विक र धनुषाधाम ८ बस्ने दीलीप साहकी ५ वर्षकी छोरी हिरा साहलाई एक कार्यक्रम बिच मन्त्री पोखरेलले भर्ना गराए ।

विद्यार्थी भर्ना गराउँदै मन्त्री पोखरेलले सतप्रतिशत बालबालिका विद्यालयमा पढ्न ५ महिना भित्र अनिवार्य शिक्षा ऐन बनाएर अगामी वर्षदेखि लागु गर्ने तयारीमा रहेको बताए ।  माध्यमिक शिक्षालाई जीवनउपयोगी शिक्षाको रुपमा विकास गर्न मावि स्तरमा सीप तथा प्रविधिमुलक शिक्षा सम्बन्धी पाठ्य क्रम लागु गर्ने तयारीमा रहको बताउँदै उनले भने,- ‘अव कमसे कम मावि शिक्षा पढिसकेपछि हरेक विद्यार्थीमा एउटा सीप होस् , ताकी उसले कुनै काम गरेर जीवीको पार्जन गर्न सकोस्’

उनले प्रत्येक बालबालिका विद्यालयसम्म पढ्न पाउनु पर्नेमा अविभावक र जनप्रतिनिधि विशेष जिम्मेवार हुनु पर्ने समेत बताए । नयाँ शैक्षिक सत्र वैशाख १४ गतेसम्म विद्यालय जान उमेर पुगेका र विद्यालय जान बञ्चित रहेको हरेक बालबालिकालाई विद्यालयमा भर्ना गराउन मन्त्री पोखरेलले सबै पक्षसंग आग्रह समेत गरे ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्