Logo
६ जेष्ठ २०८१, आईतबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माछा मार्ने क्रममा डुङ्गा ठोक्किँदा तीनको मृत्यु , अन्य घाइते

दक्षिण कोरियाको दक्षिणपश्चिममा पर्ने जलक्षेत्रमा माछा मार्ने एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा तीन माझीको मृत्यु हुनुका साथै अन्य तीन घाइते भएका छन् ।

सो डुङ्गा विदेशी कार्गो पानी जहाजसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।

पन्ध्र टनसम्मको सामान बोक्ने क्षमता भएको सो डुङ्गा तान्जानियन कार्गाे जहाजसँग ठोक्किएको बताइएको छ ।

त्यसमा परी मारिएका एक माझीको शव दुर्घटना भएको एक घण्टाभित्रै फेला परेको र अन्य दुईजनाको उद्धारका क्रममा पछि भेटिएको बताइएको छ ।

त्यसमा परी अरु तीनजना माझी भने अझै बेपत्ता रहेका बताइएको छ । उद्धारकार्यको क्रममा १९ जना उद्धारकर्ता र १७ जना तटीय गार्डले उद्धारकार्य जारी राखेका बताइएको छ ।

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्