Logo
१८ बैशाख २०८१, मंगलबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय समितिको संयुक्त बैठकमा फेसबुक संस्थापक जुकरवर्गले मागे माफी

सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गले डाटा चोरी भएको मामलामा माफी मागेका छन् । अमेरिकी संसदीय समितिमा उपस्थित भएका उनले डाटा चोरी हुनुमा आफ्नो जिम्मेवारी स्वीकार गर्दै सांसदहरुसंग माफी मागेका हुन् ।

जुकरवर्गसँग अमेरिकाको दुईवटा संसदीय समितिको संयुक्त बैठकमा डाटा चोरीबारे स्पष्टिकरण लिइएको थियो । ४२ सांसदले प्रश्न सोध्ने अनि जुकरवर्गले जवाफ दिने क्रम लामो समयसम्म चलेको थियो ।

उनले डाटा चोरी हुनुमा आफ्नो ठूलो गल्ती रहेको बताए । जुकरवर्गले डाटा चोरी हुन सक्ने टुल्सका बारेमा आफूहरुले सुरक्षा प्रवन्धका लागि पर्याप्त काम गर्न नसकेको स्वीकार गर्दै भविष्यमा यस्ता गल्ती दोहोरिन नदिन प्राविधिक सुधार गरिने प्रतिबद्धता जनाएका छन् ।

जुकरवर्गले एक घण्टासम्म अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपका बारेमा स्पष्ट पारे । त्यसैगरी भारत र पाकिस्तानमा आगामी चुनावमा हुन सक्ने खतराबारे पनि उनले जानकारी गराएका छन् ।

उनले सो क्रममा फेसबुकप्रति मानिसले राखेको विश्वास र भरोसालाई कायम राख्नका लागि हरसम्भव प्रयास गर्ने पनि जनाएका छन् । सांसदहरुको प्रश्नमा उनले भनेका छन् –केही मानिसहरुको कामै यस्तो छ कि हाम्रो कामलाई खराव गर्नू, यो हतियारको होड जस्तै हो ।’

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्