Logo
१८ बैशाख २०८१, मंगलबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीको गौशालामा पहिलोपटक एटिएम सेवा शुरु

महोत्तरी : महोत्तरीको गौशालास्थित सिटिजन बैक इन्टरनेशनल लिमिटेडले आजबाट एटिएम सेवा शुरु गरेको छ ।

सेवाग्राहीलाई वित्तीय कारोबार गर्न अझ सहज र सुलभ बनाउनका लागि यो सेवा सञ्चालन गरिएको शाखा प्रबन्धक दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । यो सेवा २४ आठौं घण्टा सञ्चालनमा रहने पनि उनले बताए ।

गौशालामा एटिएम सेवा सञ्चालन गरिने यो पहिलो बैंकका रुपमा स्थापित भएको छ ।

प्रदेशसभा सदस्य भरत साहले सो सेवाको शुरुवात गर्नुभएको हो । प्रदेशसभा सदस्य साह यस शाखाको सेवाग्राहीसमेत रहेको बैंकले जनाएको छ । (रासस)

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्