Logo
१८ बैशाख २०८१, मंगलबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुन स्मार्ट फोनबाट बढी रेडियसन निकिन्छ ?

हामीले बोक्ने मोबाइल फोनका गुणबारे धेरैलाई जानकारी छ । तर, यसबाट निस्किने रेडियसनले कति नोक्सान गर्छ ? के मोबाइल फोनको रेडियसनले ट्युमर हुने खतरा हुन्छ? यसबाट कसरी बच्ने ?आदि विषयमा धेरै वैज्ञानिक लामो समयदेखि अनुसन्धानमा छन् ।

तर, अहिलेसम्म यस अनुसन्धानको तथ्यपरक निक्र्योल भने निस्किन सकेको छैन । तर, रेडियो फ्रिक्वेन्सी वेभ ‘नन आओेनाइजेसन’ रेडिएसन हो, जो एक्स–रे र ‘अल्ट्रावायरल’ रेडियसनको तुलनामा कम तेजिलो हुने गर्छ । एक्सरे र अल्ट्रावायरल रेडियससनले हाम्रो डिएनएमा भएको केमिकल ब्रान्डलाई टुक्र्याउने क्षमता राख्छ ।

अमेरिकन क्यान्सर सोसाइटीले यसखाले रेडियसनले दिमाग, टाउको र घाँटीको ट्युमर हुन्छ कि हुँदैन भन्ने अनुसन्धान जारी राखेको छ । सोसाइटीका अनुसार मोबाइल फोनबाट निक्लिने रेडियसनमा यति धेरै क्षमता हुँदैन कि जसले हाम्रो डिएनएमा परिवर्तन ल्याउन सकोस् । त्यसैले अहिलेसम्म मोबाइलको रेडियसनले कसरी क्यान्सरजस्ता बिरामी जन्माउन सक्छ भन्ने स्पष्ट छैन ।

कुन फोनमा बढी रेडियसन ?

कुन फोनले कति रेडियसन निकाल्छ भन्ने पत्ता लगाउन स्पेस्फिक एसएआर प्रविधि बनाइएको छ । यसबाट कुनखाले रेडियसनको असर मानव शरीरमा हुन्छ भन्ने पत्ता लगाउन सकिन्छ । एसएआर त्यो लेभल हो, जुन हाम्रो मोबाइल सबैभन्दा बढी पावरमा प्रयोग भइरहेको हुन्छ । मोबाइल बनाउने कम्पनीले पनि यसबारे आफ्नो देशको नियामक निकायलाई जानकारी दिनुपर्ने हुन्छ । तर, मोबाइल प्रयोगकर्ताले मोबाइल किन्ने समयमा यी सबै विषयमा ध्यान दिएका हुँदैनन् । जर्मन फेडरल अफिस फर डाटा प्रोटेक्सनले एउटा सूची तयार गरेको छ, जसले कतिपय नयाँ र पुराना स्मार्ट फोनबाट निस्किने रेडियसनको जानकारी त्यसमा दिइएको छ ।

सबैभन्दा बढी रेडियसन भएको सूचीमा वन प्लस, हुवावे र नोकिया लुमिया छन् । आइफोन ७ दसौँ, आइफोन ८ बाह्रौँ र आइफोन ७ प्लस पन्ध्रौँ नम्बरमा परेका छन् । सोनी एक्सपिपिया एक्स जेड कम्प्याक्ट ९११०, जेडटिई एक्सन ७, मिनी ९१३०, ब्ल्याकबेरी डिटिइके ६० ९१४० पनि यो सूचीमा पाइएको अनुसन्धानले देखाएको छ । कतिसम्म रेडियसनलाई सुरक्षित मान्ने भन्नेबारे आजसम्म कुनै आधार भने तयार भएको छैन । सबैभन्दा कम रेडियसन भएको सूचीमा भने सोनी एस्पिरिया एम ५ ९०.१४०लाई मानिएको छ ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्