Logo
२४ बैशाख २०८१, सोमबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाम्रो पूण्यभूमिमा क्रिस्चियन धर्म प्रचारकहरूको सांघातिक आक्रमण जारी तर हामि किन मौन ?

धर्म परिवर्तनका लागि विदेशीहरूबाट कहाँ कसरी नेपालभित्र आर्थिक स्रोत भित्रिइरहेको छ भन्ने कुरा विभिन्न पत्रपत्रिकाले प्रकाशित गरिसकेका छन् । यसरी आक्रामक रूपमा क्रिस्चियन धर्मका प्रचारकहरूले यो पूण्यभूमिमा  सांघातिक आक्रमण जारी राखेका छन् । हामी हिन्दू तथा बुद्धमार्गीहरूले त्यस्ता खतरनाक क्रियाकलापहरूको भण्डाफोर गर्न अग्रसर हुनुपर्छ । नेपाल हिन्दू तथा बौद्धको आधिकारिक थलो हो । हाम्रो मातृधर्म र अस्मिताको संरक्षण गर्नु हामी सबै नेपालीको कर्तव्य हो । मलाई लाग्छ– नेपाल  एकीकरणको बेलामा राष्ट्रनिर्माता पृथ्वीनारायणबाट हतियार बनाउने र आफूलाई  साथ दिन मुसलमानहरूलाई सँगसँगै गोर्खा भित्र्याएका थिए । त्यही बेलादेखि नेपालमा बसोबासो गर्दैआएका मुसलमानहरूले नेपालमा हिन्दू तथा बौद्धको आस्थामाथि चोट पुर्‍याउने काम गरेका छैनन् र गर्दैनन् ।

त्यस्तै ०६३ अघिका इसाईहरू पनि नेपालको धर्म, संस्कृति र अस्मिता नष्ट गर्ने पक्षमा थिएनन् । तर, ०६३ सालमा नेपालमा धर्म निरपेक्षको नाममा अर्बौं रकम खर्च गर्दै अमेरिका र युरोपियन राष्ट्रबाट धर्म परिवर्तन गराउन जे जस्ता दुष्कर्म भइरहेका छन् ।  अंग्रेजी साम्राज्यको बेलामा भारतमा धर्मपरिवर्तन गराउन सर्वप्रथम त्यहाँका हरिजन, तल्लो जातका समुदाय, बिरामी, गरिबहरूलाई पैसा र कथित सेवाको आडमा इसाई बनाइयो । पछि उनीहरूबाटै त्यहाँका हिन्दूहरूलाई पिट्ने, मार्ने र हिन्दूहरूको घरमा लुट मच्चाउने, मन्दिर भत्काउने आदि इत्यादि अवस्थाबाट भारतीय धर्म र संस्कृति नष्ट गर्न अनेकौँ कुक्रियाकलाप गरेर भारत वर्षको अस्मिता लुट्ने काम गरियो ।

सन् १८३५ मा लर्ड मेकालेले बेलायतको पार्लियामेन्टमा भनेका थिए– भारत वर्षमा इसाईकरण गर्ने हो भने इसाई बनेका त्यहीँका बासिन्दाहरूलाई सैनिक तालिम दिनुपर्छ । उनैद्वारा कट्टरवादी हिन्दूहरूलाई आक्रमण गराई तर्साएर क्रिस्चियन बनाउन सकिएन भने भारतका हिन्दूहरू कहिले पनि ब्रिटिसको पक्षधर हुने छैनन् । यसको लागि अंग्रेजी भाषालाई अनिवार्य गराउने र त्यहाँ  संवत्हरूको सट्टामा इस्वी संवत्लाई लागू गरिनुपर्छ । त्यसप्रति भारतीयलाई आस्थावान् बनाउन सकेपछि मात्र भारतमा इस्ट इन्डिया कम्पनीले आफ्नो सम्राज्य कायम गर्न सक्छ । उनको यो विचारलाई बेलायती संसद्ले पारित गरेर कार्यान्वयन गरेको थियो ।

त्यसपछि प्रारम्भ हुन्छ इसाईहरूको आपत्तिजनक क्रियाकलाप र चलखेल । स्मरण रहोस्– विसं. १८०० मा पृथ्वीनारायण शाहबाट बनारस भ्रमणको बेला भारतमा इसाईहरूले हिन्दूहरूलाई मार्ने, काट्ने र अनेकौँ अत्याचार गरेको देखेर हिमवत्खण्डका विभाजित अनेकौँ साना हिन्दू राज्यहरूलाई एकसूत्रमा आबद्ध गर्ने प्रेरणा मिलेको थियो । भारत वर्षमा अवस्थित अधिकांश बासिन्दा हिन्दू थिए । उनीहरू सबैलाई क्रिस्चियन बनाउने इसाईहरूको उद्देश्य थियो । पृथ्वीनारायण शाहले यो कुरा बुझेका थिए । त्यसअघि नै पुण्यभूमिको संरक्षणको प्रेरणास्रोत पृथ्वी नारायण शाहले भनेका थिए– ‘यो नेपाल तखत किल्ला हो । ईश्वरले रचना गरेको किल्ला रहेछ । सबै जात छत्तीस वर्णको यो असल हिन्दूस्थान हो ।’

पृथ्वीनारायण शाहका पुरोहित शक्तिबल्लव अर्‍ज्र्यालले यस पूण्यभूमिको मुक्तकण्ठले प्रशंसा गरेका थिए– ‘जौन नेपालराज्य विषये हिमाल पर्वतका कन्दरादेखि… चारैतिरबाट मुनिजनहरूले सेवा गरिएका कौसिकीका धारा वेगले बहन्छन्, जहाँ प्रख्यात भएका नीलकण्ठ विराजमान भयाका छन्, सोही नेपाल देश हो । भारतमा पोर्तुगिज र त्यसपछिको अंग्रेजी साम्राज्यले हिन्दू अस्मिता नष्ट गर्न हर उपाय गरेका थिए । ०४४ र त्यसअगाडि पनि मैले भारतको गोवामा पोर्तुगिजहरूले कसरी हिन्दूहरू र हिन्दू अस्मिता नष्ट गरेका थिए भन्ने अध्ययन गर्ने मौका पाएँ । उसबेला गोवाका मन्दिरहरू भत्काएर चर्चमा परिणत गरिए ।

हिन्दू देवी देवताको कसैको टाउको काटेर फालिएको, कतै हात भाँचिदिएका कहीँ बीभत्स तरिकाले चिन्न नै नसकिने गरेर देवताका मूर्तिहरू नष्ट गरिएको अहिलेसम्म देख्न सकिन्छ । सन् १५६० पछि गोवामा अमानवीय क्रूर बीभत्स कार्य गरियो । त्यसबेला क्रिस्चियनविरोधीलाई जिउँदै जलाइन्थ्यो र हिन्दूहरूको सम्पत्ति चर्चको सम्पत्ति बनाइन्थ्यो । राम्रा–राम्रा हिन्दू महिलाहरूलाई अनेकौँ आरोप लगाएर बलत्कारपछि जिउँदै आगोमा जलाइन्थ्यो । यो क्रम सन् १८१२ सम्म गोवामा चलिरह्यो । हिन्दूहरूलाई मृत्युदण्ड दिँदा दुवै हात पछाडि बाँधेर खुट्टालाई जमिन नछुने गरी झुन्ड्याइन्थ्यो र झड्का दिएर मारिन्थ्यो । यस्तो बीभत्स घटनाको अध्ययन गर्दा गोवामा म भावुक बनेको थिएँ ।

भोलिका दिनमा नेपाललाई त्यत्तिकै खतरा छ । यसका लागि ०६३ सालपछि विनासहमति बनेका चर्चहरू सबै विनासर्त हटाइनुपर्छ र कुनै नेपालीले आफ्ना घरमा प्रशस्त भाडा दिइरहेका भए पनि इसाई कार्यालय राख्न दिन हुन्न ।
त्यसको साथै हिन्दू तथा बौद्धबाट इसाई बनेका तमाम जनतालाई आ–आफ्नै धर्मकर्म र रीतिरिवाजमा फर्कन आह्वान गराएर उनीहरूबाटै इसाईहरूको सैतेनी व्यवहारलाई बहिष्कार गर्न लगाउनुपर्छ । यो भूमिमा बाध्यतावश गरिबीको कारण
वा मानसिक दबाबबाट धर्म परिवर्तन गरेका बबुराहरूलाई राष्ट्रिय अनुशासनमा राख्ने कुरा राज्यको कर्तव्यभित्र पर्छ ।
नेपालमा इसाई बनाउन खोजिएको छ- पृथ्वी जयन्ती जस्ता र हिन्दू चहाड पर्ब मात्र बिदा काटे । विदेशी ईसाई गुप्तचरहरुको दलाल राष्ट्रवाद मूर्दाबाद !  यो निर्णयलाई ओली सरकारले तत्काल सच्याईयोस् !

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवतखण्डका थुप्रै स–साना हिन्दु राज्यहरु–नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर, ललीतपुर, मकवानपुर,, बाइसे, चौबिसे, पाल्पा, कास्की लगायत ५४ भन्दा बढी
हिन्दु राज्यहरुलाई एकीकृत गरेर बनेको उसबेलादेखिको नेपाल हिन्दु अधिराज्य हो ।

विक्रम संवत् १८२५ पछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले क्रिस्चियन धर्म प्रचारक केपुचीन पादरीहरुलाई यहाँबाट लखेटेका थिए । त्यसले गर्दा पनि क्रिस्चियनहरु हिन्दु र नेपालप्रति नकारात्मक बनेका हुन् । नेपाललाई
भौडीमा हाल्न अनेकौं तीग्डाम गरेर हावामा हिडेको देख्दा धिक्कार्न मन लाग्छ । धिक्कार छ नेपाली भएर नेपाल आमाको कोखमा बन्चरो हान्ने अपराधीहरुलाई ! बितेका ११ वर्षमा यिनै माओवादी,एमाले,कांग्रेस नेताहरूबाट देशको अधोगति भयो भने अब फेरि यिनीहरूबाटै देशले गति पाँउछ भनेर सोच्नु देशका लागि धोका हो ।

नेपाललाई सम्पूर्ण खतराबाट मुक्तगराउन नेपालको राजसंस्था र हिन्दुअधिराज्य नेपालमा सम्पूर्ण एकीकृत जनताका साझा संरक्षकको रुपमा संवैधानिक राजसंस्थालाई युगयुगान्तरसम्म सम्मान गरिनुपर्छ ! अखण्ड नेपालको पहिचान र प्रतिष्ठा बचाऔं ! राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अपमान गरेर आफ्नो अस्तित्व मेटाउने काम नगरौं । राष्ट्रिय एकता दिवस पौष २७ गते युगपुरुष पृथ्वीनारायणण शाहको सम्मान गरौं ।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्