Logo
२४ बैशाख २०८१, सोमबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लेखनाथ महानगरपालिकामा फेसबुक चलाउन प्रतिबन्ध

पोखरा : लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्द गरिएको छ ।मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो ।

बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए ।उक्त समयमा फेसबुक नचल्ने बनाइएको र व्यक्तिसँग भएको निजी मोबाइल डाटाबाट फेसबुक चल्न सक्ने भएकाले, तोकिएको समयमा कर्मचारीले फेसबुक चलाएको पाइए तत्काल कारबाही गरिने प्रमुख जिसीले बताए । इन्टरनेटको राउटरमै फेसबुकको वेबसाइट ब्लक गरिएको हो ।
(रासस)

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्