Logo
६ जेष्ठ २०८१, आईतबार
(April 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कारले घरमा ठक्कर दिएपछि भवन भत्किएर दशको मृत्यु

भारतको नयाँ दिल्लीमा चार तले एउटा भवन भत्किएर पुरिएकामध्ये कम्तीमा दश जनाको मृत्यु भएको छ । उक्त भवन कमजोर तरिकाले बनाइएको र सुरक्षा मापदण्डमा पनि ध्यान नदिइएकाले भत्किएको प्रहरी अधिकारीहरुले आइतबार बताएका छन् । सो भवन शनिबार राति भत्किएको हो ।

उद्धारकर्ताहरुले घटनामा परी पुरिएका कैयौं व्यक्तिलाई उद्धार गरेका थिए । घटनास्थलमा शनिबार राति ठूलो कोलाहल मच्चिएको थियो ।“हामीले पुरिएका र च्यापिएका १२ जनालाई बाहिर निकालेका थियौँ, तीमध्ये दश जनाको मृत्यु भएको छ,” प्रहरी निरीक्षक सन्जु कम्लेले एएफपीलाई भन्यो।

एउटा कारले घरमा ठक्कर दिएपछि भवन भत्किएर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।हामीले अनुसन्धान शुरु गरेका छौं, अझ मानवीय क्षति नै भएपछि थप मर्माहत भएका छौँ काम्लेले थपे।

उद्धारकर्ताहरुले दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगेका छन् । भारतमा भवन भत्किएर हुने दुर्घटनाहरु बेला बेलामा भइरहेका हुन्छन् ।गत बर्षको सेप्टेम्बरमा पनि मुम्बइमा ११७ बर्ष पुरानो अपार्टमेन्ट भवन भत्किदा ३० जनाको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१३ मा आवासीय भवन भत्किदा ६० जनाको मृत्यु भएको थियो । (रासस)

प्रकाशित मिति: Apr 1, 2018

प्रतिक्रिया दिनुहोस्