Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानव तस्करी गरेको आरोपमा यति एयरलाइन्सका कर्मचारी बस्नेत पक्राउ

काठमाडौं : मानव तस्करी गरेको आरोपमा यति एयरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन् । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको टोलीले जितपुर, बाराका प्रतापसिंह बस्नेतलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बस्नेत यति एयरलाईन्सको प्रशासन विभागमा विगत ९ वर्षदेखि कार्यरत कर्मचारी हुन् ।

प्रहरीका अनुसार ३४ वर्षीय बस्नेतले मल्टिपल भिसामा क्यानडा पठाइ दिने भन्दै धेरैलाई भारत पुर्‍याएर अलपत्र पारेका थिए । सीआईबीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्