Logo
२४ बैशाख २०८१, सोमबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली ज्यू ! तपाँईलाई Good Man भनिदैनन् किन ?

गणेशकुमार मण्डल

प्रधानमन्त्री ओली ज्यू
कहिले Uk ambassador संग झगडा, कहिले EU संग जुहारी, कहिले भारतसंग नौटंकी, केहिले आफ्नो देशको नागरिकलाई up, बिहारी देखिने र मलेठ नरसंहार मच्चाउने, कहिले जनजाति महासंघको पैसा फिर्ता गर्न लगाउने, कहिले चिनलाई गुहारेर भारतलाई तर्साउने जब कि चिनियाँ बुद्धिजीवीहरु एक जनाले पनि तपाईलाई Good man भन्दैनन् not बिश्वासिलो नेताको रूपमा लिन्छन् ।

कहिले कोसंग त, कहिले कोसंग झगडा यस्तो वालापनले देश बिकास कसरी गर्नु हुन्छ प्रधानमन्त्री ज्यू ? हामीलाई एउटा कुरा राम्ररी थाह छ, देश बनाउने प्रधानमन्त्रीसंग mission, vision-goal प्रष्ट हुन्छ जुन तपाई संग छैन गफले देशको बिकास हुदैन ।

मेरो केहि प्रश्नहरु सुन्नुस् : 
* तपाई प्रधानमन्त्री भएपछी किसानको अबस्थामा के-के सुधार गर्नु भै तपाई भन्दा कम राष्ट्रवादी कुनै किसान छैन ?
* तपाई प्रधानमन्त्री भएपछी कति यूवा लाई रोजगारी देशमा सृजना गर्नु भएछ ?
* तपाई प्रधानमन्त्री भएपछी कति उद्योग खोल्नु भएछ ?
* तपाई प्रधानमन्त्री भएपछि नागरिकको स्वास्थ अबस्थामा कति सुधार गर्नु भएछ ?
* तपाई प्रधानमन्त्री भएपछि शिक्षाको अबस्थामा के गर्नु भएछ ?
प्रधानमन्त्री ओली ज्यू । तपाईको यस्ता हावा गफले आफैलाई घात गर्छ । होस हबासमा बोल्नुस् जसले हामीलाई गर्व होस् , हाम्रो प्रधानमन्त्रीको बोलीमा दम रहन्छ ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्