Logo
५ जेष्ठ २०८१, शनिबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बल्ल घोषणा गर्यो बैंक अफ काठमाण्डूले बोनस, अझै नपुग्ने भो चुक्ता पूँजी

काठमाडौं : बैंक अफ काठमाण्डू (BOKL) ले बल्ल गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । १३.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने बैंकको ६२ औँ संचालक समितिको बैठकले प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउँनेछन् ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब २४ करोड रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ मात्र पुग्नेछ । राष्ट्र बैंकले ताकेको चुक्ता पूँजी आठ अर्ब पुर्याउन ९३ करोड अपुग हुनेछ । अधिकांस वाणिज्य बैंकहरुको बोनस सेयरबजारमा सूचिकृत भई कारोबारमा आइसक्दा बैंक अफ काठमाण्डूले बल्ल लाभांश प्रस्ताव गरेको हो । अझै सिभिल बैंक, कुमारी, एनएमबि बैंकले लाभांश घोषणा गरेका छैनन् ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्