Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नबिल बैंकले ल्यायो अग्रिम ब्याज भुक्तानी गर्ने मुद्दति खाता

काठमाडौं : नबिल बैंकले अग्रिम ब्याज भुक्तानी गर्ने गरी नयाँ मुद्दति खाताको स्किम ल्याएको छ । बैंकले बार्षिक ११ प्रतिशत ब्याज दिने गरि स्किम ल्याएको छ ।  बैंकले खाता खोल्ने बित्तिकै एक बर्षको ब्याज भुक्तानी गरिदिन्छ ।

बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनिल शाहले चालु आर्थिक बर्षको बाँकी अवधिमा ब्यापार बिस्तार गर्नु पर्ने भएकाले निक्षेपको जोहो गर्न नयाँ स्कीम ल्याएको बताए। बैंकको अग्रिम ब्याज पाउने खाता खोल्नका लागि कम्तिमा ५ लाख रुपैयाँ चाहिन्छ। बैंकले दुई बर्षसम्मको निक्षेप स्वीकार्ने जनाएको छ ।

११ प्रतिशत बार्षिक ब्याजको स्किममा अग्रिम भुक्तानीका कारण ब्याज करिव करिव साढे १२ प्रतिशत पुग्छ ।

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्