Logo
२६ बैशाख २०८१, बुधबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुर-ढल्केबर सडकखण्डमा एक पुरुषको शव फेला

धनुषा : जनकपुर–ढल्केबर सडकखण्डमा बिहिबार बिहान एक पुरुषको शव फेला परेको छ । उक्त शवको प्रकृति हेर्दा कुनै सवारी साधनले ठक्कर दिएर मृत्यु भएको र सवारी फरार भएको हुनसक्ने धनुषा प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार फेला परेको शव जनकपुर उपमहानगरपालिका– ९ बस्ने ४८ वर्षीय रेवतीरमणलाल कर्णको रहेको छ ।

बिहान ५:३० बजे सडकमा कर्णको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको गालामा सामान्य चोट बाहेक कतै कुनै घाउचोट छैन ।

शवलाई परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्