Logo
२६ बैशाख २०८१, बुधबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी आवास गृह नहुँदा महिला प्रहरीलाई हैरानी

ललितपुर : अलपत्रमा परेका महिला र बालबालिकालाई राख्न सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान भएका छन् । आवास नहुँदा उनीहरुलाई एक/दुई रात ब्यारेकमा नै राख्नुपरिरहेको महिला सेलकी प्रमुख प्रहरी निरीक्षक चञ्चला श्रेष्ठ बताउनुहुन्छ ।

स्थानीयवासीले बाटोबाट हामीकहाँ ल्याएपछि गैरसरकारी संस्थामा पठाउन खोज्छौ तर गैरसरकारी संस्थाले कहिले आफ्नो क्षेत्रमा नपर्ने, कहिले खाली नभएको र कहिले कार्यालय समयमा मात्रै लिनसक्ने भन्दै बेवारिसे मान्छे लिन गाह्रो मान्ने गरेको जानकारी दिंदै उहाँ भन्नुहुन्छ, “गैरसरकारी संस्थाको प्रहरीसँग राम्रो सम्बन्ध हुँदा लिन मान्ने र नहुँदा गाह्रो हुन्छ ।”

जिल्लामा सरकारद्वारा सञ्चालित आवास गृह नहुँदा प्रहरीलाई अलपत्रमा परेका महिला तथा बालबालिकाको व्यवस्थापन कठिन भएको हो । मानसिक अस्पताल लगनखेलमा भएकाले पनि लगनखेल–जावलाखेल सडकखण्डमा मानसिक रोगी महिनामा तीन चारजनासम्म भेटिन्छन् । प्रमुख प्रहरी निरीक्षक श्रेष्ठ भन्नुहुन्छ, “स्थानीयवासीले प्रहरीलाई बुझाउँछन् तर हामीले कता पठाउने भन्ने समस्या छ ।”

ब्यारेकमा राखौँ भनेपनि दिनभर काम गरेर फर्किएका महिला प्रहरीले राम्रोसँग आराम गर्न पाउँदैनन् । आवास गृह नहुँदा हिंसाबाट पीडित अरु महिलालाई समेत समस्या भएको प्रहरीले बताउँदै आएको छ ।

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्