Logo
२४ बैशाख २०८१, सोमबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एउटा जाहेरीले रेशम चौधरी अपराधी हुन् भने, हजारौंको मत निर्दोषको साक्षी किन होइन ?

पत्रकार वीेरेन्द्र केएमले रेशम चौधरीबारे बहस गर्न खुल्ला चुनौती दिएका छन् । समाजिक संजाल फेसबुकमा विचार लेख्दै उनले भनेका छन् : ‘एउटा जाहेरीले रेशम चौधरी अपराधी हुन भने हजारौंको मत निर्दोषको साक्षी किन होइन ?’

उनको विचार जस्ताको त्यस्तै :

मैले निकै सम्मान गर्ने एक जना सम्पादक ज्युले समेत पनि #रेशम चौधरीको बारेमा तथानाम लेखेपछी मैले पनि लेख्न बाध्य नै भएको छु ।

मेरो खुल्ला चुनौती : आउनुहोस् बहस गरौं !!

-नयाँ पत्रीका बाहेक, प्राय सबै प्रमुख मिडियाहरुले आन्दोलनका बेला सबै मधेशीलाई दानवझै प्रस्तूत गरेका होईन?

-एम्बुलेन्सबाट थुती-थुती ….भन्ने शिर्षक दिनेहरूले, ल त्यो एम्बुलेन्स देखाऔं त अहिले पनि ?

-मधेशबाट मधेसी हितको कुनै समाचार आउँदा सिधै डिलिट गर्ने अनि अलिकति बिरोधमा आयो कि मेन स्थानमा हेडिङ्ग बनाउने तपाईंहरु नै होईन ?

-पार्टीका कार्यकर्ता पनि बन्ने अनि पत्रकार पनि भन्ने तपाईंहरुलाई थोरै पनि लाज लाग्दैन ?

-उहीँ रेशम चौधरी हिजोसम्म रेडियो नेपालमा काम गरिरहदा र तपाईंहरुले मधेसी-थारुको खिल्ली उडाइरदा त्यसमा हो, मा हो मिलाउदा ठिक थिए र आज अधिकारका लागि आन्दोलन गर्दा देशद्रोही कसरी भए ?

-हो त्यो घटना दु:खद थियो तर भिडमा भएको घटनालाई सिधै कुनै एक जनालाई दोषी कसरी मान्ने ? अधार के ?

-चौधरीको पृष्ठभुमि के कुनै अपराधी थियो ? के उ गुण्डा-डन थिए ? यदि होईन भने उ कसरी मुख्य अपराधी ?

-त्यहीँ समयमा कयौं थारु-मधेसी मारिए त्यसको चिन्ता किन तपाईंहरुलाई छैन ? प्रहरी अधिकारी मारिदा चिन्ता जाहेर गर्नेहरूले निर्दोष जनता मारिदा चुप किन ?

-त्यो आन्दोलनका बेला मारिएका मधेसी-थारु सर्वसाधारणहरुका ढ्लेको तस्वीरहरु अझै पनि हेर्दा जसको पनि रगत तातिन्छ, र जे पनि गर्न इच्छा जाग्छ तर तपाईंहरुलाई के दुःख लाग्छ ?

-अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यो घट्ना रेशमहरुले नै गराएको हो भन्ने प्रमाण के ?

-रेशम त अपराधी होईन भन्दै त्यहाँका हजारौं जनताले मत नै दिए, के ती हजारौं मतदातालाई साक्षी न मान्ने ?

-जहाँको घटना हो, त्यहाँका हजारौं बासिन्दाले रेशम अपराधी नै होइनन् भन्दैछ्न भने तपाईंहरु को तिनलाई अपराधी भन्ने ?

-के तपाईं प्रत्यक्षदर्शी हो ? यहीँ मिडियामा कसरी समाचार लेखिन्छ त्यो पनि मैले भन्नुपर्छ ?

-कुनै समाचारकै भरमा हजारौं जनताले मत दिएर जिताएका जनप्रतिनिधिलाई मुख्य अपराधी भन्ने अधार के ?

-थौरै पनि लाज लाग्दैन ? आज त्यो रेशम को नाम पछाडि चौधरी नभै प्रधान, घिमिरे, लुइँटेल, शर्मा, भट्टराई, बराल आदि भएको भए के यसरी मुख्य अपराधी भन्दै बनावटी समाचार बनाईन्थ्यो ?

-टिकापुर घट्नाका मुख्य अपराधी रेशम हुन भने राजबिराज घट्नाका ओलि किन होइनन् ? बारा-पर्सा, रौतहटका सुशील कोइराला किन होइनन् ?

-सयौं जनताको टाउकोमा गोलि हानिदा प्रहरी राष्ट्र सेवक हुन् भने जनताको भिडले प्रहरीमाथी नै प्रहार गर्दा आत्मरक्षा किन होईन ?

-१/२ जनाको जाहेरीले चौधरी मुख्य अपराधी नै हुन भने हजारौं जनाताले दिएको मत निर्दोषको साक्षी किन होइनन् ?

-छ जवाफ ? छ भने तर्कसंगत पाउ ? #एउटा_जनताको_तर्क

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्