Logo
२६ बैशाख २०८१, बुधबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणेश युवा कमिटिको भवन तत्काल भत्काउनु पर्ने गुठी प्रमुख पाण्डेको भनाई

जनकपुरधाम : अतिक्रमण मुक्त अभियानका अगुवा मध्येका एक सहसचिव राजावावु पाण्डेले धनुषसागरको डीलमा निर्माणाधिन रहेको भवन तत्काल भत्काउनु पर्ने आवश्यकता रहेको बताएका छन । पोखरी र मन्दिर नै जनकपुरधामको मुटु रहेको बताउँदै उनले भने ,—‘ यो भवन निर्मा ण गर्ने ठाउँ नै होइन , यसलाई तत्काल रोक्नु पर्छ , तिनलाई पनि उचित स्थान दिनु पर्छ, धेरै ठाउँमा सार्वजानिक जग्गाहरु खाली छ जहाँ पनि मन्दिर निर्माण गर्न सकिन्छ पोखरीको डीलमा होइन ।

’ चारवर्ष पुर्व नै पोखरी तलाउ अतिक्रमण मुक्त गर्ने क्रममा गणेश युवा कमिटिले डीलमै निर्माण गरेको दुई तल्ले कार्यालयको भवन भत्काउने सहमति भए पनि अझ सम्म भवन नभत्काउनु र झन मन्दिरको नाउँमा ठुल ठुला भवन निर्माण थाल्नु जनकपुरधामकै लागि दुर्भाग्यपुर्ण रहेको पाण्डेको धारणा छ ।

 

‘मैले जुन चार पाँच सय मान्छेको घर भत्काएर जनकपुरको पोखरी तलाउहरु खाली गराएँ अनि काठमाण्डौ फिर्ता भएपछि कहिले काँही मैले गलत गलत त गरेको छुईन , मैले कसैको वास उजाडेको होइन सार्वजानिक सम्पतिको संरक्षण गरेको छुँ मलाई मैले गरेको काममाथि गर्व छ मलाई ’—केही दिन पुर्व नै जनकपुर पुग्ने अवसर जुटेको र सो बेलामा जनकपुरका केही पोखरीहरुको संरक्षण सम्बद्र्धन देखेर मालिन्य भएको मन आफै भित्र आनन्दित भएको अनुभुति गरेको उनको कथन छ ।

अतिक्रमण गरेरै बनेको वस्तीमा भने राज्यले एउठा निचोड निकालेर जानु पर्ने बताउँदै उनले भने —‘ किन भने जग्गा मात्रै होइन जनता पनि हो जनता शहरमुखी हुनु गाउँको जग्गा बेचेर श्रीमतीको गरगहना बेचेर महन्थहरुसंग जग्गा किनेका छन , कानुनको रीत पुरयाएका छैनन महन्थहरुको ठगिमा परेका छन त्यसैले यस्तो जग्गाबारे सरकारले उचित क्षतिपुर्ति या व्यवस्थापन के गर्ने हो त्यसबारे राज्यले निक्र्योल निकाल्नु पर्छ तर पोखरी एवं मन्दिर छेउछाउको जग्गामा कुनै पनि किसिमको कम्प्रोमाईज गर्नु हुन्न । ’ जनकपुरलाई जिवन्त राख्नु छ भने बाँकी रहेका अतिक्रमित बाँकी पोखरीका घरहरु पनि भत्काउनु पर्छ ।

गुठी संस्थान जनकपुरले यसबारे तत्काल निर्णय गरि अतिक्रमण मुक्त जनकपुरधाम अभियान नै चलाउनु पर्ने धारणा उनले राखे । बृहत्तर जनकपुर क्षेत्र भित्र मात्र गुठी संस्थानको रोहबरमा रहेको १५ सय बिग्घा सार्वजानिक जग्गामा मध्ये अझ पनि १२/१३ सय जग्गा अहिले पनि बाँकी नै रहेकोले यसको संरक्षण तर्फ संस्थानको ध्यानाकर्षण हुन जरुरी रहेको पाण्डेले बताए ।

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्