Logo
२४ बैशाख २०८१, सोमबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सातामा ३८ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं : यो साता लगानीकर्ताहरुले शेयर बजारबाट रू. ४४ अर्ब ३६ करोड सम्पत्ती गुमाइसकेका छन् । गत साता १८ हजार ६ सय ४ कारोबारबाट १ सय ७६ कम्पनीहरुको ४२ लाख ४८ हजार ७ सय ३० कित्ता शेयरहरु खरिद बिक्री भए । जसबाट रू. १ अर्ब ७० करोड ७० लाख ६८ हजार बराबरका रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा १० दशमलव ७५ प्रतिशत बढी हो ।

अघिल्लो साता १ सय ७९ कम्पनीहरुको १६ हजार ६ सय ३८ कारोबारबाट ३७ लाख ९२ हजार ४ सय ७० कित्ता शेयरहरु खरिद बिक्री भएका थिए । जसवाट रू. १ अर्ब ५४ करोड १४ लाख २५ हजार बराबरको कारोबार भएको थियो ।

गत साता जम्मा ४ दिनको कारोबारमा परिसूचक ३७ दशमलव ९७ अङ्क घटेको छ । त्यस्तै, कारोबार रकम ३६ प्रतिशत घटेको थियो । शेयर बजार केही अङ्कले बढ्दा लगानीकर्ताहरुले थोरै भएपनि प्रोफिट बुकिङ गर्न थालेपछि बजार ओरालो लागेको विश्लेषण गरिएको छ ।

अघिल्लो साताको अन्तिम दिन १ हजार ४ सय २४ दशमलव ९५ विन्दुमा बन्द भएको नेप्से परिसूचक गत साताको अन्तिम व्यापार दिन घटेर १ हजार ३ सय ८६ दशमलव ९८ विन्दुमा पुगेको हो । तर, गत साताको पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन भने नेप्से परिसूचक २६ दशमलव ९२ अङ्कले घटेको हो । गत साता सबै समूहहरुको परिसूचक घटेको थियो ।

साताको परिसूचक हेर्दा आगामी दिनमा बजार बढेमा पहिलो प्रतिरोधात्मक विन्दु १ हजार ४ सय २७ रहेको छ भने दोश्रो विन्दु १ हजार ४ सय ६८ रहेको छ । त्यस्तै, बजार घटेमा पहिलो टेवा विन्दु १ हजार ३ सय ६४ र दोश्रो टेवा १ हजार ३ सय ४२ मा पाउने देखिन्छ । साताको मैनबत्ती चित्र हेर्दा अन्तिम दिन सुटिङ स्टार आकृती बनाएको छ । यो साताको अन्तिम दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ४१ दशमलव ५७ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

बैङ्किङ समूहको परिसूचक २४ दशमलव ६६ अङ्क, विकास बैङकको २७ दशमलव ७१ अङ्क, वित्त कम्पनीको ८ दशमलव १८ अङ्क, लघुवित्तको ४५ दशमलव ८९ अङ्क र होटलको २६ दशमलव ४१ अङ्क घटेको छ । साथै, जलविद्युत समूहको परिसुचक ४७ अङ्क, बीमाको १ सय ८२ दशमलव २ अङ्क, उत्पादन तथा प्रशोधनको १८ अङ्क, व्यापारको ३ अङ्क र ‘अन्य’ समूहको १ दशमलव १३ अङ्क घटेको हो ।

सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा अन्तिम दिन ५ दशमलव ९१ अङ्कले घटेर २ सय ९३ दशमलव २५ अङ्क पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन २ दशमलव १५ अङ्कले घटेर ९९ दशमलव ८५ अङ्कमा पुगेको हो ।

सो साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर अग्रस्थानमा रहेको छ । यस कम्पनीले गत साता रू. ११ करोड २० लाख ६० हजार बराबरको शेयर कारोबार गरेको थियो । त्यस्तै, कारोबार भएको शेयर सङ्ख्या र कारोबार सङ्ख्याको आधारमा सेन्चुरी कमर्सियल बैङ्क लिमिटेड अग्रस्थानमा रहको छ । त्यस्तै, यस कम्पनीको कारोबार सङ्ख्याको आधारमा १ हजार १ सय २१ ओटा कारोबार भएको थियो । कारोबार भएको शेयर सङ्ख्याको आधारमा यस कम्पनीले ३ लाख ६४ हजार कित्ता शेयर किनबेच गरेको थियो ।

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्