Logo
२३ बैशाख २०८१, आईतबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशमा खेलकुदको विकास प्रवद्र्धन गर्न शान्ति म्याराथुन

भैरहवा : महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले फागुपूर्णिमाका दिन चांैथो लुम्बिनी शान्ति म्याराथुन हुने भएको छ । आयोजक संस्था लुम्बिनी पिस म्याराथुन एड्भेन्चर स्पोट्र्स नेपालले लुम्बिनी क्षेत्रलाई विश्वभरका बौद्ध धर्मालम्बीको मुख्य तीर्थस्थलका रूपमा विकास र प्रवद्र्धन गर्न यो म्याराथुनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाएको छ ।

देशमा खेलकुद गतिविधिको विकास र प्रवद्र्धन गर्नसमेत यो म्याराथुनको उद्देश्य रहेको छ । मायादेवीले गौतमबुद्धलाई लुम्बिनीमा जन्म दिएपछि बोकेर आफ्नो दरबार तिलौराकोट फर्केको बाटोलाई माता मायादेवी सुत्केरी बाटोको रुमपा विकास गरी विश्व पर्यटन बजारमा प्रवद्र्धन गर्ने योजना रहेकोे लुम्बिनी पिस म्याराथुनका संरक्षक विक्रम पाण्डेले बताए  ।

म्याराथुनका रेस डाइरेक्टर ओलम्पिक धाबक बैकुण्ठ मानन्धरले लुम्बिनी शान्ति म्याराथनले लुम्बिनी क्षेत्रमा थप पर्यटक ल्याउन सहयोगी हुने दाबी गरे ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्