Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अधिवक्ता दिपेन्द्र झा तराई मधेश राष्ट्रिय परिषदमा प्रवेश

काठमाडौंं : अधिवक्ता तथा अधिकारकर्मी दिपेन्द्र झा तराई मधेश राष्ट्रिय परिषदमा प्रवेश गरेका छन् । बिभिन्न राजनीतिक दलमा सामेल रहेका यूवाहरुको नेतृत्वमा उक्त परिषदको गठन गरिएको थियो ।

उक्त परिषदमा मधेश अधिकार आन्दोृलनमा सक्रियता जनाउदै आएका केहि स्वतन्त्र यूवा अभियन्ताहरुको समेत सहभागिता रहेको छ । बेला बेलामा बिभिन्न दवाब तथा अधिकार केन्द्रित आन्दोलनमा यो परिषद औपचारिक रुपमा उपस्थिीति जनाउदै आएको छ । भविष्यमा यसलाई राजनीतिक पार्टीको रुप दिनसक्ने समेत योजना रहेको बताइन्छ ।

बिहिबार औपचारिक रुपमा झा यस परिषदमा प्रवेश गरेका हुन् ।
महोत्तरी जिल्ला महोत्तरी-४ गा.पा. (मरैइ) निवासी झा निस्वार्थ भावले मधेसको हितमा काम गर्न र न्यायपुर्ण समाज निर्माण गर्न आफू तराई मधेश राष्ट्रिय परिषद परिवारमा सामेल भएको बताए । आफ्नो कुनै राजनीतिक मिसन नरहेको र आफू विसुद्ध मधेश अधिकार केन्द्रित कार्यहरुमा सहभागी हुन चाहेको बताए ।

उनी पेशाले अधिवक्ता तथा संवैधानिक कानुनको ज्ञाता समेत हुन् । उनि constitutional र Criminal मा LLB & LLM अध्यन गरेका छन् । उनि UK को Bradford University बाट Peace & conflict मा M.A. र Thailand को Mahidol University बाट Human Right मा MA गरेका छन् । हालै प्रकाशित Federal Nepal- Trails & Tribulations किताबको उनि लेखक समेत हुन् ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्