Logo
५ जेष्ठ २०८१, शनिबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण राजेन्द्र खड्गीमाथि सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं : नेपाली चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान थालेको छ । उनीमाथि गैरकानुनी रूपमा ११ जना व्यक्तिलाई दक्षिण कोरिया पठाएको आरोप लागेको छ ।

खड्गीले प्रति व्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर दक्षिण कोरियामा उनीहरूलाई छाडेको आरोप लागेको छ । खड्गीले एक कार्यक्रममा भाग लिन दक्षिण कोरिया जाँदा ११ जनालाई उतै राखेको सूचनाको आधारमा आफूहरूले ‘के हो भनी बुझ्न अनुसन्धान थालेको’ सीआईबीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जीवन श्रेष्ठले बताए ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्