Logo
५ जेष्ठ २०८१, शनिबार
(February 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीपक र दीपाश्री प्रेमीप्रमीका रुपमा बन्यो हुन्नरी

काठमाडौं : सामाजिक सुरक्षा भत्ताबारे चेतना जगाउन निर्माण गरिएको ‘हुन्नरी फिल्ममा हाँस्य अभिनित कलाकार दीपकराज गिरी र दीपाश्री निरौला प्रेमीप्रमीकाको रुपमा देखिएका छन् ।

शारिरीक रुपले अशक्त सोझो गाउँले केटाको भुमिकामा दीपकले अभिनय गरेका छन् भने दीपा, विधवा महिलाको भुमिका देखिएकी छिन् । समाजलाई चुनौति दिँदै यि दुईले विवाह गरेर सामाजिक सुरक्षा भत्ता बापत पाएको पैसा बचत गरेर ठुलो काम गर्न सफल भएकोले थोपा थोपा संकलन गरेर गतिलो काम गर्न सकिने सन्देश फिल्मले दएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा शुभ मिडिया होमले निर्माण गरेको यो फिल्मलाई दीपक आचार्यले निर्देशन गरेका हुन् ।

अभिमन्यु निरवीको लेखन, गोकुल अधिकारीले खिचेका हुन् भने अमन मानन्धरले सम्पादन र फिल्ममा दीपक दीपासँगै देशभक्त खनाल, लक्ष्मण विक्रम बस्नेत, लक्ष्मी गिरी, निरु खड्का, दीपक आचार्य, कमला रेग्मी, गीता थापा, अप्सरा अधिकारी लगायतको अभिनय छ ।

प्रकाशित मिति: Feb 7, 2018

प्रतिक्रिया दिनुहोस्