Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामसुङको ग्यालेक्सी ए एटप्लस आईपुग्यो नेपाली बजारमा

काठमाडौं : सामसुङको पहिलो पटक ड्युअल क्यामरायुक्त स्मार्टफोन नेपाली बजारमा विक्री गर्न शुरू गरेको छ । ग्यालेक्सी ए एटप्लस आकर्षक डिजाइन तथा थुप्रै विशेषता भएको स्मार्टफोन हो । यसमा ६ जीबी र्‍याम, ६४ जीबी इण्टरनल मेमोरी तथा अतिरिक्त मेमोरीकार्डको प्रयोग गरी २ सय ५६ जीबीसम्म बढाउन सकिने क्षमता रहेको छ । यसमा ठूलो डिस्प्ले तथा एग्रोनोमिक डिजाइन रहेको छ । यसमा भएका विशेषताहरूले ग्यालेक्सी ए एटप्लस फोन आकर्षक तथा चलाउन सजिलो भएको कम्पनीको भनाइ छ ।

आकर्षक ग्लास तथा मेटल फ्रेममा उपलब्ध यो फोनमा सहजै हेर्न वा फोनमा भएका एप्लिकेशन चलाउन सकिन्छ । बेग्लै अनुभवका साथ यसमा कुनै रोकावटविना नै सिनेमा हेर्न वा गेम खेल्न सकिन्छ । १८ः५ः९ रेसियोको डिस्प्लेले गर्दा ग्राहकले पूरै स्क्रिनमा सिनेमाको जीवन्त अनुभव गर्न सक्ने बताइएको छ । इन्फिनिटी डिस्प्ले तथा लाइभ फोकसका साथ ड्युअल क्यामरायुक्त ग्यालेक्सी ए एटप्लस फोनमा यसअघि अन्य फोनमा नभएका खास सुविधा रहेको आईएमबिज, सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले बताए ।

सामसुङ ग्यालेक्सीको ए एटप्लसमा १६ मेगापिक्सल तथा ८ मेगापिक्सलका क्यामरा रहेका छन् । यसमा एफ १ दशमलव ९ को ड्युअल क्यामराले गर्दा आफूले चाहेजस्तो सेल्फी खिच्न सकिन्छ । यो सुविधाले गर्दा ब्याकग्राउण्ड ब्लर गरी क्लोजअप फोटो खिच्न सकिने बताइएको छ । यसमा भएको लाइभ फोकसको विशेषताले गर्दा फोटो खिच्नुअघि वा खिचिसकेपछि उच्चस्तरीय फोटो तयार गर्न सकिन्छ । १६ मेगापिक्सल एफ १ दशमलव ७ रियर क्यामराले गर्दा अँध्यारो एवम् उज्यालो अवस्थामा पनि सफा तथा चहकिलो फोटो खिच्न सकिन्छ । साथै, यसमा भएका थुप्रै रमाइला विकल्पहरूको प्रयोग गरी फोटो खिच्न सकिन्छ । ग्यालेक्सी ए एटप्लसमा फोनलाई अनलक नै नगरी मोबाइलमा आएका जानकारीको विवरण प्राप्त गर्न सकिन्छ । यो आईपी टडबाट प्रमाणित र धुलो तथा पानीप्रतिरोधी छ । सामसुङको यो ए सिरिजमा गियर भीआर पनि प्रयोग गर्न सकिन्छ । ग्यालेक्सी ए एटप्लस कालो र सुनौलो गरी दुई रङमा उपलब्ध छ । यसको मूल्य ५९ हजार ९ सय ९० रहेको छ

प्रकाशित मिति: Feb 2, 2018

प्रतिक्रिया दिनुहोस्