Logo
२३ बैशाख २०८१, आईतबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘शत्रु गते’ को दोस्रो गीत रिलिज : भिडियोमा हेर्नुेहोस् पल र आँचलको रोमान्स

काठमाडौं : चलचित्र ‘शत्रु गते’ ले अर्को गीत सार्वजनिक गरेको छ । चलचित्रले ‘पिरतीको बर्को’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक दोस्रो गीतमा पल शाह र आँचल शर्माले फिचरीङ गरेका छन् । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजानिक गरिएको थियो ।

गीतमा स्वर र संगीत कालिप्रसाद बास्कोटाको रहेको छ भने शब्द अर्जुन भट्टराईको रहेको छ । गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् ।

चलचित्रका कलाकारहरुमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेलसंगै पल शाह र आँचल शर्माको जोडीलाइ पनि दर्शकले देख्न पाउनेछन् । चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी रहेका छन् ।

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्