Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्वालकम टेक्नोलोजिजसँग ओप्पोको सहकार्य

काठमाडौं : स्मार्टफोन ब्राण्ड ओप्पोले चीनमा आयोजित २०१८ क्वालकम टेक्नोलोजी डेमा ‘फाइभजी पायोनियर इनिसियटिभ’का लागि क्वालकम टेक्नोलोजिजसँग सहकार्यको घोषणा गरेको छ । फाइभजी युगमा मोबाइल प्रविधिको अन्वेषणका लागि यो सहकार्य गरिएको कम्पनीद्वारा विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

फाइभजी पायोनियर इनिसिएटिभमार्फत क्वालकम टेक्नोलोजिजले विश्वभर ओप्पोका प्रयोगकर्तालाई रेडियो फ्रिक्वेन्सी फ्रण्ट इण्ड फिल्डजस्ता समाधान उपलब्ध गराई अत्याधुनिक फाइभजी मोबाइल अनुभव प्रदान गर्न सघाउने बताइएको छ ।

‘फाइभजी मोबाइल नेटवर्क इण्टरनेट अफ थिङ्सका लागि मुख्य टर्मिनलका रूपमा विकसित हुनेछ,’ ओप्पोका प्रमुख कार्यकारी अधिकृत टोनी छन्ले भने, ‘ओप्पोले आफ्नो शुरुवाती दिनदेखि नै प्राविधिक नवप्रर्तनमा आफ्नो ध्यान केन्द्रित गर्दै आइरहेको छ ।’

सन् २०१८ मा ओप्पोले आफ्नो उपस्थिति थप सशक्त बनाउन जापानजस्ता अतिविकसित देशमा प्रवेश जारी राख्दै विश्वका अझ बढी प्रयोगकर्तालाई अत्याधुनिक प्रविधिसहितका स्मार्टफोन उपलब्ध गराउँदै लैजानेछ ।

सन् २०१९ सम्ममा विश्वभरका प्रयोगकर्तालाई उत्कृष्ट फाइभजी अनुभव प्रदान गर्न, फाइभजी फोन सार्वजनिक गर्ने ओप्पोको योजना रहेको ओप्पोका उपाध्यक्ष एलेन वुले जानकारी दिए ।

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्