Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालका लागि निशान ब्राण्डको न्यु टेरानो गाडी सार्वजनिक

धनगढी : नेपालका लागि निशान र ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले कैलालीको धनगढीमा निशान ब्राण्डको स्मार्ट बोल्डर न्यु टेरानो नामक नयाँ गाडीको विक्री शुरु गरेको छ ।

करीब एक महीनाअघि पायोनियरले प्रदेश नम्बर ७ का लागि धनगढीमा आधिकारिक डिलर नैनादेवी मोटर प्रालिलाई नियुक्त गरी पहिलो पटक औपचारिक रुपमा व्यवसाय सुरु गरेको थियो । ४२ लाख ९९ हजार रुपैयाँदेखि ५३ लाख ९९ हजार रुपैयाँमा खरीद गर्न सकिने एसयुभी न्यु टेरानोको धनगढीमा एक भव्य कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

न्यु प्रिमियम डुअल टोन इन्टेरियर, कु्रज कन्ट्रोल, ७।० टच स्क्रीन नेभिगेसन सिस्टम, स्टेरिङ्ग माउण्टेन अडियो–फोन कन्ट्रोल, वान टच लेन चेन्ज इन्डिकेटर, एन्टिपिच ड्राइभर साइड विन्डो र न्यु स्टेरिङ्ग ह्विल डिजाइनसहितका २२ विशेषता रहेकाले ड्राइभिङको अनुभव थप आरामदायी हुने नैनादेवी मोटर प्रालि धनगढीका प्रबन्ध निर्देशक कविस अग्रवालले बताए । ग्राहकको आवश्यकतालाई मध्यनजर गरी नैनादेवीले अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टरको समेत स्थापना गरेको उनले बताए ।

न्यु टेरानो गाडी विक्रीपछि २० हजार किलोमिटर दुरीसम्म वारेन्टीको समेत व्यवस्था मिलाइएकाले यो गाडीको विक्री ७ नम्वर प्रदेशमा अपेक्षाअनुरुप हुनेमा कम्पनी विश्वस्त रहेको छ ।नेपालका लागि निशान ब्राण्डको न्यु टेरानो गाडी सार्वजनिक

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्