Logo
१९ बैशाख २०८१, बुधबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रगाढ सम्बन्ध बनाउन भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै

काठमाडौं : भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल आउने भएकी छन् । नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना भइरहेका बेला स्वराज दुई दिने भ्रमणमा नेपाल आउन लागेकी हुन् । माघ १८ गते नेपाल आउन लागेकी स्वराज १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री स्वराज दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउन लागेको जनाएको छ ।

विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमण हुन लागेको जनाएको छ । भ्रमणका क्रममा स्वराजले राजनीतिक दलका नेताहरुलाई समेत भेट्ने छिन् । विदेश मन्त्रालयले साझा स्वार्थलगायत विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल हुने जनाएको छ ।

भारतीय विदेश मन्त्रालयको विज्ञप्ति : 

 

प्रकाशित मिति: Jan 30, 2018

प्रतिक्रिया दिनुहोस्