Logo
१९ बैशाख २०८१, बुधबार
(January 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२६ जनवरीका दिन भारतीय दुतावसमा नगएका ओली त्यसको भोली पल्टै पुगे

काठमाडौं : भारतीय गणतन्त्र दिवस अर्थात गत शुक्रवार २६ जनवरीका दिन नेपाल स्थित भारतीय राजदूतावासमा आयोजित दिवा भोजमा नगएका एमाले अध्यक्ष केपि शर्मा ओली त्यसकै भोलीपल्ट आयोजित दुतावसको अर्को कार्यक्रमका भने सभहभागी भएका छन् ।

दुतावासले आयोजना गरेको कार्यक्रममा ओली मात्रै पुगेनन् बरु राष्ट्रपति बिद्यादेवि भण्डारी समेत सहभागी भएका हुन् । शनिवार काठमाडौं स्थित आर्मि अफिर्सस क्लवमा भारतीय दुतावासद्धारा आयोजित कार्यक्रमको उद्घाटन पनि राष्ट्रपति भण्डारीले नै गरेकी हुन् ।

भण्डारीले कार्यक्रको उद्घाटन गरिरहदा छेउमा उभिएर ओलीले भने ताली पड्काउदै थिए । त्यहीँ छेऊमा उभिएका दुतावसका एक जना कर्मचारी भन्दै थिए-‘हिजो ओलीजी नआउदा निकै चर्चाको विषय बन्यो तर आज हेर्नुहोला यो खबर कहि आउदैन, किन की यहाँका मिडिया पनि मात्र नाकारात्मक चर्चा फैलाउन माहिर छन् ।’

कार्यक्रममा पुग्दा ओलीले भारतीय राजदूत मञ्जिवसिंह पुरी समक्ष अस्ति आउन नसकेकोमा ‘मेरो पुर्व निर्धारित कार्यक्रम पोखरामा भएकाले म उक्त कार्यक्रममा सरिक हुन नसकेको’ भन्दै क्षामा मागेका थिए । जवाफमा पुरीले ‘हजुरले त बिहानै फोन गरेर भन्नुभा थियो नी, केहि छैन आज आउनु भो, हामि धन्य भएका छौ’ भनि जवाफ फर्काका थिए ।

हेर्नुस् तस्विरहरु :

प्रकाशित मिति: Jan 28, 2018

प्रतिक्रिया दिनुहोस्