Logo
२३ बैशाख २०८१, आईतबार
(January 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजसंस्थाप्रति आस्था स्वभाविक : ‘बुढिकन्या नभन्नुस, अब विवाह गर्दिन’ : कोमल वली

काठमाडौं : नेकपा एमालेले राष्ट्रियसभामा उम्मेदवार बनाएकी गायिका कोमल वलीले एमालेले आफूलाई राम्रोसँग गुन लगाएको बताएकी छिन् । सम्मान गर्दै जिम्मेवारी प्रदान गरिएको भन्दै उनले एमाले र राष्ट्रका लागि आफूले पनि योगदान दिएको दाबी गरिन् । आफ्नो उर्जा र पहिचान एमालेमा समर्पित गरेको उनको दाबी छ । अरु योग्य व्यक्तिलाई छोडेर तपाईलाई टिकट दिँदा कस्तो अनुभव भएको छ ? भन्ने प्रश्नमा वलीले एमालेले सबै नेता कार्यकर्ताको उचित सम्मान गरेको बताइन् ।

“पार्टीमा योगदान गर्नुभएका नेता कार्यकर्ताहरुलार्य स्थानीइ तह, प्रदेश सभा र प्रतिनिधिसभामा टिकट दिएर अवसर दिइसकेको छ । राष्ट्रियसभामा म उपयुक्त व्यक्ति लागेरै मेरो पार्टीले टिकट दिएको हुन सक्छ ।”वलीले भनिन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै वलीले एमालेले आफूलाई इज्जत र सम्मान गरेको बताइन् ।

“व्यक्ति आफैँमा कुनै कुरामा योग्य हुँदैन । म त झन के कुरामा अयोग्य छु र ?” विगतमा आफू राजावादी भएपनि अहिले समयअनुसार आफू परिवर्तन भएको बताइन् । “विगतमा सबैले राजसंस्था मानेकै हुन् । सबैले राजसंस्था चाहिन्छ भनेकै हुन् । म त समान्य नागरिक,जो सानैमा राजसंस्थाबाट छात्रवृत्ति पाएर पढेको हुँ । राजसंस्थाप्रतिको आस्था हुनु स्वभाविक हो । अहिले देश नयाँ परिवेशमा प्रवेश गरिसकेको अवस्थामा विगतका कुरा गरेर हुँदैन ।” उनले भनिन् ।

आफ्नो प्रतिनिधित्वलाई उनले महिला र कलाकारको उपस्थितीको रुपमा लिनुपर्ने भन्दै कोलाहल मच्चाउनुपर्ने अवस्था नरहेको बताइन् । विगतमा कमल थापालाई सहयोग गरेको उल्लेख गर्दै उनले थापालाई प्रधानमन्त्री बन्ने व्यक्तिको रुपमा चित्रित गर्नु सामान्य भएको बताइन् । एमालेको सिद्धान्त मन परेर एमालेमा प्रवेश गरेको बताइन् । तर प्रतिनिधिसभामा टिकट नपाउँदा भावनामा बगेर बागी उम्मेदवार दिएको उनको भनाई छ ।

“मेरो हृदयमा चोट पुगेको थियो । तर सहृदयता देखाएर उम्मेदवारी फिर्ता लिएको हुँ ।” वलीले भनिन् । आफू जनताको मनमा बस्न सफल भएको उनको दाबी छ । विहेको बारेमा प्रश्न गरेपछि वलीले भनिन्, “फेरी विहेको कुरा ल्याउनुहुन्छ । मेरो अबको परिवार भनेको सबै नेपाली जनता हुन्, घर भनेको नेपाल हो ।” विवाह नगर्ने भन्ने प्रश्नमा उनले विवाहको पछि नलाग्न आग्रह गर्दै ठूलो जिम्मेवारी आएकाले त्यही जिम्मेवारी पूरा गर्न शुभकामना दिन आग्रह गरिन् ।

कोमल वलीजस्तो सक्षम मान्छे बूढिकन्या नबसोस् भन्ने मेरो चाहना हो भनेपछि भने वलीले आपत्ति जनाइन् । “यो बुढिकन्या भन्ने शब्द प्रयोग गर्नुहुँदैन । यसले नेपाली महिलाहरुको स्वाभिमानमा ठेस पुर्याउँछ । त्यसैले आफ्नो स्वइच्छाले विहे गर्न नचाहने महिलाहरुको स्वतन्त्रता हो ।” आफूले विवाह गर्ने सम्भवना ज्यादै कम रहेको उनले बताएकी छिन् ।

प्रकाशित मिति: Jan 27, 2018

प्रतिक्रिया दिनुहोस्