Logo
२३ बैशाख २०८१, आईतबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्वेता खड्काद्वारा निर्मित कान्छी चलचित्रको ट्रेलर सार्वजनिक

नायिका श्वेता खड्काद्वारा निर्मित कान्छी चलचित्र ट्रेलर सार्वजनिक भएको छ।
दयाहाङ राई, श्वेता खड्का, कामेश्वर चौरासिया, अनु शाह, प्रज्जवल सुजल गिरी आदिको प्रमुख भूमिका रहेको कान्छीको मंगलबार एक कार्यक्रमका बीचमा ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको अधिकांश छायाँकन मुस्ताङमा गरिएकोले यो ज्यान मैले दाउमा लगाएको तिम्रो लागि हो बोलको गीतको चर्चासँगै फिल्मको चर्चा पनि चुलिँदै गएको समयमा ट्रेलर सार्वजनिक भएको हो।

नायक श्री कृष्ण श्रेष्ठको दुखद् निधनपछि फिल्मी क्षेत्रबाट टाढा रहेकी श्वेता यो फिल्ममार्फत पुनः निर्माणमा र्पmकिएर यो चलचित्रको निर्देशन आकाश अधिकारीले गरेका छन्। अकाशले यसअघि श्वेता र श्रीकृष्णले बनाएको चलचित्र ‘कोहिनुरको पनि निर्देशन गरेका थिए।

फागुन ४ गतेका लागि प्रदर्शन मिति तोकिएको चलचित्र कान्छीमा शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत,पुरुषोत्तम प्रधानको छायांकन रहेकोले ‘कान्छीको ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारहरुले श्रीकृष्ण श्रेष्ठबारेको प्रश्न सोधेपछि नायिका खड्का श्रीकृष्णलाई सम्झेर मञ्चमै रोएकी
थिइन्।

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्