Logo
५ जेष्ठ २०८१, शनिबार
(January 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राइजिङ मलमा ‘पिंजडा ब्याक अगेन’को प्रिमियर

काठमाडौं  : निखिल उप्रेतीको  मुख्य अभिनाय रहेको फिल्म ‘पिंजडा ब्याक अगेन’ को बुधबार प्रिमियर गरिएको छ । दरबामार्गस्थित राइजिङ मलमा गरिएको फिल्मको प्रिमियर शोमा निखिल सहित निर्देशक हिमाल केसी, नायिका सारा शिर्पाइली, वितरक गोपाल कायस्थ लगायत उपस्थित थिए । फिल्म मोफसलमा यही बिहिबार र राजधानीमा शुक्रबार रिलिज हुँदैछ । प्रिमियरको भिडियो हेर्नुस् :

प्रिमियरपछि नायिका संचिता लुईंटेलले पती निखिल उप्रेतीको पछिल्ला फिल्महरु भन्दा ‘पिंजडा ब्याक अगेन’ राम्रो रहेको प्रतिक्रिया दिइन् । प्रिमियरमा सहभागीले विशेषतः निखिलको एक्सन र साराको अभिनयलाई रुचाएको पाइयो । द्धन्द्ध निर्देशक हिमाल केसीको डेव्यु निर्देशन रहेको फिल्ममा निखिल र सारा सहित पुकार भट्टराई, ज्याक श्रेष्ठ, बाल कलाकार कुशाग्र भट्ट्राई लगायतको अभिनय छ ।

श्रीराम बराल निर्मित ‘पिंजडा ब्याक अगेन’ मा रमेश सुवेदी र बाबुराज सह निर्माताको रुपमा रहेका छन् । यस्तै फिल्ममा बसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माता तथा रोहित पुरी, गोविन्द गौरा र चन्द्र बहादुर खत्री निर्माताको रुपमा छन् । मौनता श्रेष्ठको कथा, सौरभ लामाको छायाँकन र निर्देशक केसीको द्धन्द्ध निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत रहेको छ ।

प्रकाशित मिति: Jan 17, 2018

प्रतिक्रिया दिनुहोस्