Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 ‘एउटा यस्तो प्रेमकहानी’ नामक फिल्म बनाउँदै शिव श्रेष्ठ

काठमाडौं : कुनै बेलाका सुपर स्टार शिव श्रेष्ठले पनि फिल्म निर्माण गर्ने भएका छन् । बिभिन्न कलाकार निर्माता बन्ने होड चलिरहेकै बेला लामो समय अभिनययात्रामा सक्रिय रहेर पछिल्लो समय हराएका झे रहेका श्रेष्ठले फिल्म निर्माण थाल्ने भएका हुन् ।

उनले निर्माण गर्ने फिल्मको नाम ‘एउटा यस्तो प्रेमकहानी’ राखिएको छ । यसको निर्देशन दीपेश सापकोटाले गर्ने बताइएको छ । फिल्ममा सञ्जोग कोइराला र वर्षा राउतको मुख्य भूमिकामा रहनेछ । वर्षा यही फिल्मका लागि तौल घटाउन अस्ट्रेलिया गएकी हुन् ।

फिल्ममा शिव श्रेष्ठको विशेष भूमिका हुनेछ । यस्तै नरेन खड्का, विष्णु चेम्जोङलगायतका कलाकार पनि फिल्मका लागि अनुबन्धित भइसकेका छन् । निर्माता तथा नायक श्रेष्ठ आफैंले लेखेको कथामा फिल्म बन्न लागेको हो ।शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मलाई यशोदा राई र दिनेश दर्शनधारीले संयुक्त रूपमा निर्माण गर्न लागेका हुन् ।

प्रकाशित मिति: Jan 14, 2018

प्रतिक्रिया दिनुहोस्