Logo
२० बैशाख २०८१, बिहीबार
(January 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश प्रमुखका लागि यी हुन् मधेशका दावेदारहरु

काठमाडौं : सरकारले राजनीतिक सहमती र आपसी भागबण्डाका अधारमा नियुक्त गर्ने तयारीमा रहेका प्रदेश प्रमुखहरुका लागि बिभिन्न नामहरु प्रस्तूत हुन थालिएका छन् । प्रदेश नम्बर २ अन्तरगत प्रदेश प्रमुखका लागि राष्ट्रिय जनता पार्टी सहित बिभिन्न राजनीतिक दलहरुले समेत नाम पाठाईसकेका छन् ।

सरकारले यसअघि सबै दलसंग संभावित नामहरु प्रस्ताव गर्न अहवान गरेको थियो । जसअनुसार राजपाले प्रदेश नम्बर २ का लागि उमाकान्त झाको नाम सिफरिस गरेको छ । झा पूर्व सचिव तथा अन्तरिम सरकारका तत्कालिन मन्त्री समेत हुन । हाल उनी राजपामा बिभिन्न महासचिवहरु मध्ये एक महासचिव पनि हुन् भने राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी समेत हुन् ।

त्यस्तै संघीय समाजवादी फोरमले रत्नेश्वर लाल कायस्थको नाम सिफरिस गरेको छ । उनी सरकारका पूर्व सचिव र पार्टीमा राष्ट्रिय सचिव समेत फोरमका प्रवक्ता समेत हुन् ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट बिमलेन्द्र निधिले लोकेन्द्र मल्लिकको नाम सिफारिस गरेको छ । उनी पूर्व न्यायाधीश हुन भने निधिका आफन्त समेत हुन ।

यत्ति जना मध्ये प्रदेश नम्बर २ को प्रमुख को ह्ने हो त्यो भने हेर्न बाँकि रहेको छ ।

प्रकाशित मिति: Jan 13, 2018

प्रतिक्रिया दिनुहोस्