Logo
५ जेष्ठ २०८१, शनिबार
(January 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेगा डान्स रियालिटी सो छमछमीबाट बाहिरिए विराटनगरका मनीष

काठमाडौं : नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी सो रियो छमछमी–३ बाट यो साता विराटनगरका मनीष कटुवाल बिदा भएका छन् । टप ९ राउन्डको प्रस्तुतिमा निर्णयकबाट प्रशंसा बटुले पनि सोको अन्त्यमा अघिल्लो साताको प्रस्तुतिका आधारमा उनले प्राप्त गरेको भोट अगाडि बढ्न पर्याप्त नहुँदा उनी बाहिरिनुपरेको छ ।

विराटनगरबाट मेगा अडिसनका लागि काठमाडौं आएका मनीषले टप १० को प्रस्तुतिबाट दर्शकलाई सन्तुष्टि दिन नसकेपछि बाहिरिएका हुन् । सोही राउन्डमा हेटौँडाका सरोज राना प्रजाले सबैभन्दा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीका रूपमा चौधरी ग्रुपका तर्फबाट विशेष गिफ्ट ह्याम्पर प्राप्त गरे । सोलाई कलाकार शिल्पा पोखरेल र पुष्प खड्काको प्रस्तुतिले थप रोमाञ्चक बनाएको थियो ।

सोबाट बाहिरिएका मनीषले एलजी ३२ इन्चको स्मार्ट टिभी पुरस्कारको रूपमा प्राप्त गरेका छन् । प्रतियोगितामा अब ४ जना पुरुष र ४ जना महिला प्रतिस्पर्धी मैदानमा छन् । हरेक बुधबार बेलुकी ८ः४० बजे नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको रियो छमछमी ३ सोही दिन राति ११ः३० बजे र बिहीबार दिउँसो २ः२० बजे पुनः प्रसारणमार्फत वा संसारभर लाइभ स्ट्रिमिङमार्फत दर्शकमाझ पुगिरहेको छ ।

रियालिटी सोमा प्रथम हुनेले डाट्सनको रेडी गो कार, द्वितीय हुनेले ५ लाखबराबरको एलजी होम एप्लाइन्सेस, तृतीय हुनेले ३ लाखबराबरको एलजी होम एप्लाइन्सेस पुरस्कार पाउनेछन् रियालिटी सोमा प्रथम हुनेले डाट्सनको रेडी गो कार, द्वितीय हुनेले ५ लाखबराबरको एलजी होम एप्लाइन्सेस, तृतीय हुनेले ३ लाखबराबरको एलजी होम एप्लाइन्सेस र टप १० भित्र स्थान बनाउनेछन् । अन्य ७ जना प्रत्येकले ३२ इन्चको एलजी स्मार्ट टिभी पुरस्कारस्वरूप प्राप्त गर्नेछन् ।

रियो छमछमी ३ को प्रायोजन चौधरी ग्रुपको पेय उत्पादन रियोले गरेको छ भने बजारीकरण कि एड्भरटाइजिङ सर्भिसेस प्रालिले गर्दै आएको छ ।  टप १२ देखि भोटिङ राउन्डका रूपमा दर्शकको निर्णय (भोट) लाई आधार बनाई टप ५ राउन्डसम्म सञ्चालन हुनेछ र अन्तिम ५ प्रतिस्पर्धीले ग्रान्ड फिनालेमा आफ्नो प्रस्तुति दिनेछन् । रियो छमछमी ३ को प्रायोजन चौधरी ग्रुपको पेय उत्पादन रियोले गरेको छ भने बजारीकरण कि एडभरटाइजिङ सर्भिसेस प्रालिले गर्दै आएको छ ।

 

 

प्रकाशित मिति: Jan 13, 2018

प्रतिक्रिया दिनुहोस्