Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्नी लियोनीपछि अर्की पोर्नस्टार भारतीय फिल्म बजारमा भित्रिदै

सन्नी लियोनीपछि भारतीय फिल्म बजारमा एक अर्की पोर्नस्टार भित्रिदै छिन् । चर्चित निर्माता राम गोपाल बर्माले अमेरिकी मुलकी युरोपियन पोर्नस्टार मिया मालकोवालाई बलिउडमा भित्र्याउन लागेका हुन् । उनले मियासँग ‘गड, सेक्स एण्ड ट्रुथ’ नामको एक भिडियो समेत खिचेका छन् ।

मियाले विहीबार ट्वीटरमार्फत रामगोपालसँग काम गर्न पाएकोमा आफू उत्साहित भएको बताएकी छन् । ‘भारतीय फिल्म निर्माता रामगोपालले युरोपमा म सँग एक भिडियो ‘गड, सेक्स एण्ड ट्रुथ’ शुट गरेका छन्’, उनले भनेकी छन् -‘म सन्नी लियोनीपछि भारतीय फिल्म निर्देशकसँग काम गर्ने दोस्रो अडल्ट स्टार हुँ ।’

उनले रामगोपाल बर्मालाई धन्यवाद पनि भनेकी छिन् । रामगोपालले मियालाई ट्वीटरमै जवाफ दिँदै भनेका छन्– हे मिया ‘गड, सेक्स एण्ड ट्रुथ’मा फिल्मी दुनियाँको उच्चकोटीको विचारणीय अनुभव रह्यो ।

रामगोपालले आफूले कहिलेपनि सन्नी लियोनीसँग काम गर्ने अवसर नपाएको उल्लेख गर्दै भने– मैले सन्नी लियोनीसँग अहिलेसम्म काम गर्न पाएको छैन् । तर म ‘गड, सेक्स एण्ड ट्रुथ’को अनुभव कहिल्यै भुल्न सक्दिन । ‘गड, सेक्स एण्ड ट्रुथ’को ट्रेलर १६ जनवरीमा रिलिज हुने बताइएको छ ।

प्रकाशित मिति: Jan 13, 2018

प्रतिक्रिया दिनुहोस्