Logo
७ जेष्ठ २०८१, सोमबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन ५६ हजार ६ सय र चाँदी ७५० मा किनबेच

काठमाडौं : आइतवार रू. ५६ हजार २ सयमा किनबेच भएको सुन स्थानीय बस्तु बजारको अन्तिम दिन शुक्रवार बढेर रू. ५६ हजार ६ सयमा किनबेच भएको हो । सातामा सुनको मूल्य रू. ४ सय बढेको थियो । अन्तरराष्ट्रिय बस्तुबजारमा सुनको मूल्य बढेपछि स्थिानीय बजारमा त्यसको प्रभाव परेको हो ।

गत साताको अन्तिम दिनमा सुन प्रतिऔंस १ हजार ३ सय ३० दशमलव ९७ डलरमा किनबेच भएको छ । त्यस्तै, डलरसँग नेपाली मुद्राको विनिमयदर प्रति अमेरिकी डलर १ सय २ रुपैयाँ १६ पैसा रहेको छ । गत साता चाँदीको मूल्य रू. स्थिर रहेको छ ।

सोमवार सुनको मूल्य रू. १ सयले घटेको थियो । मङ्गलवार मूल्य रू. १ सयले बढेर रू. ५६ हजार २ सय पुगेको थियो । बुधवार मूल्य रू. २ सयले घट्यो । बिहीवार सुनको मूल्य रू. ४ सयले बढेर रू. ५६ हजार ४ सयमा किनबेच भयो । शुक्रवार सुनको मूल्यमा रू. २ सय बढ्यो । आइतवार रू. ७ सय ५० रहेको चाँदीको मूल्य अन्तिम दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्