Logo
५ जेष्ठ २०८१, शनिबार
(January 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पद्मावतीबाट परिणत ‘पद्मावत’ हेरेर भावुक भइन् लीला भन्साली

निर्देशक सञ्जयलीला भन्सालीले आफ्नो विवादित फिल्म ‘पद्मावत’ आमा लीला भन्सालीलाई देखाएका छन् । छोराको फिल्म हेरेर आमा निकै भावुक भएको भारतीय अनलाइनले उल्लेख गरेका छन् । सञ्जयले आफूले निर्देशन गरेका हरेक फिल्म प्रदर्शनपूर्व आमालाई देखाउने गरेका छन् । फिल्ममार्फत राजपुत समुदायको गौरवशाली इतिहास पर्दामा उतार्न लागेका सञ्जयले सेन्सर पासपछिको फाइनल फिल्म आमा लीलालाई देखाएका हुन् ।

सञ्जय आफ्नी आमालाई यति धेरै माया गर्छन् कि, उनले आफूलाई आमा लीलाको नामले परिचित गराएका छन् । त्यसकारण उनले आफ्नो काम आमालाई समर्पित गर्दै आएका छन् । पद्मावतलाई आमाले छोरा सञ्जयको अहिलेसम्मको उत्कृष्ट फिल्म भनेर प्रतिक्रिया दिएकी छिन् । अनेक विवाद र काँटछाँट हुँदा समेत पद्मावत उत्कृष्ट बनेको र आमाले यो फिल्म तमाम राजपुत महिलाका लागि साँचो श्रद्धाञ्जली भएको बताएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

पद्मावतलाई आमा लीलाले छोरा सञ्जयको अहिलेसम्मको उत्कृष्ट फिल्म भनेर प्रतिक्रिया दिएकी छिन् । पद्मावत जनवरी २५ मा रिलिज हुने खबर छ । तर, निर्देशक भन्सालीले भने अक्षयकुमारको ‘प्याडम्यान’सँग फिल्म जुधाउन नचाहेकाले आधिकारिक रूपमा प्रदर्शन मिति सार्वजनिक गरेका छैनन् । अक्षय र सञ्जय निकै मिल्ने साथी हुन् । त्यसकारण उनीहरू फिल्म जुधाउन चाहँदैनन् । भन्साली पद्मावत ९ फेब्रुअरीमा प्रदर्शन गर्ने योजनामा छन् । तर, फिल्मको निर्माता आफू मात्रै नभएकाले उनी दोधारमा परिरहेको मिडियाले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: Jan 11, 2018

प्रतिक्रिया दिनुहोस्