Logo
५ जेष्ठ २०८१, शनिबार
(January 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करण जौहरलेको ‘केशरी’ मा अक्षयसँग देखिनेछिन् परिणीति

सरागढी युद्धको विषयमा करण जौहरले ‘केशरी’ नामक फिल्म निर्माण गर्ने भएका छन् । केशरीमा अक्षयकुमार शीर्ष भूमिकामा हुनेछन् । फिल्मकी हिरोइन को हुनेछिन् भन्नेबारे कौतुहलता थियो । करणले बिहीबार ट्विटरमार्फत त्यो कौतुहलता मेटाइदिएका छन् । उनले अक्षयकुमारका साथ परिणीति चोपडाले अभिनय गर्ने जानकारी दिएका छन् ।

प्रियंका चोपडासँग थुप्रै फिल्ममा सँगै अभिनय गरे पनि अक्षयले उनकी बहिनी परिणीतिसँग पहिलोपटक केशरीमा अभिनय गर्दै छन् । अक्षयजस्ता स्टारसँग अभिनय गर्न पाउँदा परिणीति निकै पुलकित छिन् ।

करणले अक्षयसँग मिलेर केशरी बनाउन लागेका हुन् । अनुराग सिंहको निर्देशनमा बन्ने फिल्म सन् २०१९ मा रिलिज हुनेछ । यो विषयमा पहिला सलमान खान र पछि अजय देवगणले समेत फिल्म निर्माण गर्ने सोच बनाएका थिए । तर, उनीहरू दुवैको करणसँग कुरा मिलेन । अहिले आएर भने अक्षय र करण मिलेका छन् ।

प्रकाशित मिति: Jan 11, 2018

प्रतिक्रिया दिनुहोस्