Logo
५ जेष्ठ २०८१, शनिबार
(January 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्ता छन् जनवरीमा प्रदर्शित बलिउडका हिट फिल्म

काठमाडौं : बलिउडलाई जनवरी महिना फापेको मानिन्छ । हरेक वर्षको जनवरीमा प्रदर्शित अधिकांश फिल्म सुपरहिट भएका छन् । भारतीय मिडियाले ९० को दशकदेखि जनवरीमा प्रदर्शित केही सुपरहिट फिल्मबारे रिपोर्ट तयार पारेको छ :

राजा बाबु– १५ करोड
गोविन्दा र करिश्मा कपुर मुख्य भूमिकामा रहेको ‘राजा बाबु’ सन् १९९४ को जनवरी २१ मा रिलिज भएको थियो । डेबिड धवन निर्देशित फिल्म झन्डै सवा दुई करोड भारुमा बनेको थियो भने १५ करोड भारु कमाएको थियो । राजाबाबु ९० को दशकको सुपरहिटमध्येको फिल्म हो ।

करण अर्जुन–४२ करोड
सन् १९९५ को जनवरी १३ मा रिलिज भएको ‘करण अर्जुन’ सुपरहिट फिल्म हो । राकेश रोशनको निर्देशनमा बनेको र सलमान खान, शाहरुख खान, राखी, काजोल, ममता कुलकर्णीलगायतले अभिनय गरेको फिल्म जम्मा ६ करोड भारुमा बनेको थियो । फिल्मले ४२ करोड भारु कमाएको बताइन्छ ।

हम आपके दिल मे रहते हे–२९ करोड
सन् १९९९ को जनवरी २२ मा रिलिज भएको ‘हम आप के दिल मे रहते हे’ जम्मा ६ करोड भारुमा बनेको थियो । फिल्मले २९ करोड कमाएको थियो । सतीश कौशिकको निर्देशनमा बनेको फिल्ममा अनिल कपुर, काजोल, शक्ति कपुर र निर्देशक सतीश आफैँ मुख्य भूमिकामा छन् ।

रंग दे वसन्ती–७५ करोड
आमिर खान अभिनीत ‘रंग दे वसन्ती’ सन् २००६ को जनवरी २६ मा रिलिज भएको थियो । २८ करोड भारुमा बनेको फिल्मले ७५ करोड आम्दानी गरेको थियो । राकेश ओमप्रकाश मेहरा निर्देशित फिल्ममा आमिरका साथमा सिद्धार्थ नारायण, अतुल कुलकर्णी, कुणाल कपुर, सोहाअली खान, सरमन जोशीलगायतले अभिनय गरेका छन् ।

गुरु–६३ करोड
‘गुरु’ फिल्म सन् २००७ को जनवरी १२ मा रिलिज भएको थियो । २२ करोड भारुमा बनेको फिल्मले ६३ करोड आम्दानी गरेको थियो । मणि रतमको निर्देशनमा बनेको फिल्ममा अभिषेक बच्चन, ऐश्वर्या राय, आर माधवन, विद्या बालन, मिथुन चक्रवर्ती, आर्य बब्बर मुख्य भूमिकामा छन् ।

यमला पगला दिवाना–७४ करोड
‘यमला पगला दिवाना’ सन् २०११ को जनवरी १४ मा रिलिज भएको थियो । समीर कर्र्णिक निर्देशित फिल्म २९ करोड भारुमा बनेको थियो । फिल्मले ७४ करोड भारु आम्दानी गरेको थियो । फिल्ममा धर्मेन्द्र, सनी देओल र बबी देओल मुख्य भूमिकामा छन् ।

अग्निपथ–१६३ करोड
सन् २०१२ को जनवरी २६ मा रिलिज भएको ‘अग्निपथ’ले १६३ करोड भारु कमाएको थियो । जबकि फिल्मको बजेट जम्मा ७१ करोड भारु रहेको बताइन्छ । करण मल्होत्राले निर्देशन गरेको फिल्ममा सञ्जय दत्त, ऋतिक रोशन, प्रियंका चोपडा, ओम पुरी, ऋषि कपुरलगायतले अभिनय गरेका छन् ।

रेस २–१२७ करोड
सन् २०१३ को जनवरी २५ मा प्रर्दर्शित ‘रेस–२’ पनि हिट फिल्म हो । ९४ करोड भारु लगानी लागेको फिल्मले १२७ करोड भारु कमाएको बताइन्छ । अब्बास–मस्तान निर्देशित एक्सन थ्रिलर रेश–२मा सैफअली खान, अनिल कपुर, जोन अब्राहम, दीपिका पादुकोण, ज्याक्लिन फर्नान्डिस, अमिशा पटेललगायतले अभिनय गरेका छन् ।

एअरलिफ्ट–१६६ करोड
अक्षयकुमार अभिनीत ‘एअरलिफ्ट’ सन् २०१६ को जनवरी २२मा रिलिज भएको थियो । राजकृष्ण मेननको निर्देशनमा बनेको फिल्ममा अक्षयका साथमा नम्रता कौर मुख्य भूमिकामा छिन् । ६८ करोड भारुमा बनेको फिल्मले १६६ करोड आम्दानी गरेको थियो ।

प्रकाशित मिति: Jan 5, 2018

प्रतिक्रिया दिनुहोस्