Logo
५ जेष्ठ २०८१, शनिबार
(January 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्रबारदेखि नेपाली फिल्म फिर्के र राज्जा रानी प्रदर्शनमा

काठमाडौं : शुक्रबारदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन्, ‘फिर्के’ र ‘राज्जा रानी’ । हास्यकलाकार रवि डंगोल (बेइमान)को निर्देशनमा सुलेमान शंकर (इकु)ले निर्माण गरेको फिर्के कमेडी फिल्म हो । बाँच्नका लागि सहरमा गर्नुपर्ने संघर्षको विषयलाई हास्यरसमा प्रस्तुत गरिएको बताइने फिल्ममा सुलेमान शंकर, ऋचा शर्मा, अर्पण थापा, विष्णु सापकोटा, क्रिष्टिना पौडेललगायतले अभिनय गरेका छन् । ओमलाल गुरुङ र राजेश श्रेष्ठ निर्माता रहेको फिल्मले भरपुर मनोरञ्जन दिने दाबी प्रस्तुतकर्ता सुलेमानको छ ।

यम थापाको लेखन र निर्देशनमा रमेश एमके पौडेलले निर्माण गरेको राज्जा रानी भने तराई क्षेत्रमा अद्यापि रहेको दाइजो प्रथाको विषयमा निर्माण गरिएको छ । बाँकेका विभिन्न स्थानमा खिचिएको फिल्ममा केकी अधिकारी, कामेश्वर चौरसिया, नाजिर हुसेनलगायतले अभिनय गरेका छन् । मनोरञ्जनका साथै सामाजिक सन्देशसमेत समावेश फिल्म नेपाली साथै मैथिली भाषामा समेत एकसाथ प्रदर्शन हुँदै छ ।

प्रकाशित मिति: Jan 5, 2018

प्रतिक्रिया दिनुहोस्