Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठूला दैनिकका अवस्था : यस्ता छन् युवराज घिमिरेदेखि नारायाण वाग्लेसम्मको नालीबेली !

वरिष्ठ पत्रकार कुशुम भटराईले ब्रोसिड अखवारमा कार्यरत पत्रकारहरुको नालीबेली संक्षेपमा सार्वजनिक गरेका छन् । उनी तत्कालिन समयमा कार्यरत अन्नपुर्ण पोष्ट दैनिकदेखि कान्तिपुर, नागरिक लगायतका ठुला अखवारहरुको नालीबेली फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

हेर्नुस् फेसबुक मार्फत उहाँले सार्वजनिक गरेको विचार जस्ताको त्यस्तै : 

पत्रकार मित्र विष्णु सुबेदीले अन्नपूर्णपोष्ट छाडेर नेपालतारा डटकम सुरु गरे । बालकुमार नेपाल, केशव खनाल, गोपाल खनाल, बालकृष्ण बस्नेत, सरोजराज अधिकारीलगायतका जल्दाबल्दा पत्रकार प्रिन्ट मिडिया छाडेर अहिले अनलाइन मिडियामै रमाएका छन् । नारायण वाग्ले, अमीत ढकालहरुले प्रिन्ट मिडिया छाडेको धेरै भयो । उनीहरु अचेल सेतोपाटीमा छन् । प्रतिक प्रधानजी पनि बाह«खरीमा भिडेका छन् । भर्खरै पत्रकार बिनिता मरहटठा बैनी पनि अन्नपूर्ण छाडेर देशसँचारतीर लागेकी छन् । युवराज घिमिरे र मनोज दाहालजीले पनि एपी छाडेर देशसंचार डटकम सुरु गरे । अहिले आएर दिपेन्द्र लामाले पनि नयाँपत्रिकाको त्यो ‘गज्जब’ भन्ने साप्ताहिकको कपी छाडेर ‘फरकधार डटकम’ सुरु गरेका छन् ।
बडा खुशीको बात छ । कर्पोरेट ठुला मिडियाले श्रमजिवी पत्रकारलाई अब विस पच्चिस हजारमा मजदुर बनाउने दिन गए । अब यसले ट्रेन्डकै रुप लिनेछ । दैनिक पत्रिकामा काम गर्ने पत्रकारकै अभाव हुने अवस्था टडकारो देखिदैछ । मेरै अनुभव काफी छ । पहिला म अन्नपूर्ण पोष्टमा पच्चिस हजार रुपैयाँ मासीक तलबमा वरिष्ठ उपसम्पादक हुँदा विहान एघार बजेदेखि राती दुइ बजेसम्म कार्यरत हुनुपथ्र्यो । अन्त कुनै मिडियामा काम गर्न पाइदैनथ्यो । अब दायाँबायाँ नगर्ने भएकाले अतिरिक्त आम्दानी केही थिएन, बाँच्नै धौ धौ थियो ।

अचेल म केही अनलाइनहरुमा फ्रिलान्स ढँगले काम गर्छु र महिनाको पचास–साठी हजार रुपैयाँ त्यो पनि घरै बसी बसी कमाउँछु । दैनिक पत्रिकाका सम्पादक, मालीक र त्यसमा पनि विभागीय हाकिमहरुको चाकडी पनि गर्नु पर्दैन । यही मौकामा म केही पुस्तकहरुको सम्पादन र लेखनमा पनि भिडन पाइरहेको छु र त्यसबाट पनि आय भइरहेको छ भने म किन कुनै दैनिक पत्रिकाको कामदार बन्ने ? केही दैनिक पत्रिकाको सम्पादक बडा निरिह पाएँ । उसले हामी श्रमजिवीको हितमा मालिकसँग चुँसम्म गर्न सक्दैन ।

उ एक प्रकारले मालिकको बफादार कारिन्दा न हो । एक डेढ लाख रुपैयाँ तलब थाप्ने, गाडी चढने, मालिकको ताबेदारी गर्ने, साँझ दुताबासको दारु पार्टीमा जाने, सम्पादकीय समेत आफुले नलेख्ने र राती मातेर हवास्स मुख गन्हाउँदै आएर ‘कुसुमजी यो मनोरँजन समाचारमा बिद्या बालनको अली सेक्सी फोटो राख्नुस् न, यो फोटो त अली भएन’ भनेर बनीसकेको पेज भत्काउन लगाउनेबाहेक केही सम्पादकहरुको हुती मैले खासै देखीन ।

अनि त्यस्ता सम्पादकलाई नमस्कार गरेर बस्न मेरो मनले मानेन् र ‘दैनिक पत्रिकामा बाइलाइन छाप्ने रोग’बाट म मुक्त भएँ ।  देख्दैछु, अचेल मेरा धेरै मित्रहरु त्यो रोगबाट मुक्त हुँदैछन् । साँच्चै, सँकटमा छन्, कर्पोरेट दैनिकहरु ।

प्रकाशित मिति: Jan 3, 2018

प्रतिक्रिया दिनुहोस्