Logo
२३ बैशाख २०८१, आईतबार
(December 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिनोद सिंहबारे यस्तो थियोे राजपाको तयारी : को हुन् अन्जु कुमारी ?

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगलाई सिफारिस गरेको समानुपातिक सुची सार्वजनिक भए लगतै कार्यालय तोडफोडदेखी विज्ञाप्ती प्रकासण सम्म भएको छ । राजपाको सुची सार्वजनिक भएलगत्तै मधेशी निजामती कर्मचारी मंचले विज्ञप्ति नै जारी गर्दै भत्र्सना गरे भने राजपाको कार्यालयमा तोडफोडसम्म भयो ।

के थियो बिनोद सिंहबारे राजपाको तयारी ?
राजपा अध्यक्ष मण्डलका एक नेताका अनुसार निजामती कर्मचारी मंचका नेता सिंहलाई राज्यसभा मार्फत सांसद बनाउने तयारी राजपाको थियो । समानुपातिकमा सिमित पुरुषको नाम पठाउनु पर्ने र उक्त नामहरु पार्टी भित्रकै नेताको पठाउनु पर्ने बाध्यताबीच राजपाले सिंहको नाम सिफारिस नगरेको हो ।

“उहाँ हाम्रो पार्टीको नेता होइन उहाँलाई हामी एउटा विज्ञको रुपमा राज्यसभा मार्फत संसदमा पठाउने योजना बनाएका थियौं” उक्त नेताले भने “उहाँले तत्कालै रियाक्ट गर्नुभो, अब हामी उहाबाट रुष्ट बनेकाछौं ।” “बिनोदजीमा धेर्यता छैन जुन उहाँको ब्यवहारले देखाएको छ” उनलेे भने हामी कर्मचारी मंचको घर भाडामा लिएर पार्टी कार्यालय राखेका छौं यसको मतलव के उहाँहरुले नै हामीलाई आदेश दिने ? त्यस्तो कदापी हुदैन ।

त्यस्तै उक्त सिफारिस भएका नमावली मध्ये यत्ति बेला सबै भन्दा बढी चर्चा अंजुकुमारी र डिम्पल झाको रहेको छ । समाजिक संजालमा यी दुई नाम सहित राजपाले निकै आलोचना खेप्नु परेको छ ।

को हुन् अन्जु कुमारी ?
राजपाको सुचीमा नाम रहेको अन्जुकुमारीलाई राजपा नेता राजेन्द्र महतोकी छोरी भन्दै समाजिक संजालमा उडाइएको छ भने महतोलाई परिवारवादको आरोप समेत खेप्नुपरेको छ । किनकि उनको पनि छोरीको नाम अन्जु नै हो तर सुचीमा रहेको अन्जुकुमारीको पुरा नाम भने अन्जुकुमारी यादव हो । यद्यपि उनको नागरिक्तामा भने उनको नाम मात्र अन्जु कुमारी रहेको छ । उनी पेशाले चिक्त्सिक हुन् भने उनी पर्साकी हुन् ।

प्रकाशित मिति: Dec 30, 2017

प्रतिक्रिया दिनुहोस्