Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संबिधान संशोधनमा आनाकानी गरे संसदका कुर्सी तोड्छौ : राजेन्द्र महतो

जनकपुर : राष्टिय जनता पार्टीका नेता राजेन्द्र महतोले मधेशको अधिकार प्राप्तीका लागि सडक र सदन दुबै तताउने बताएका छन् । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिलाई पराजित गर्दै धनुषा ३ बाट निर्वाचित सांसद समेत रहेका  उनले अधिकारका लागि जेपनि गर्न पछाडी नपर्ने बताए ।

मधेशी जनताले आफुलाई विश्वास गरेर जिताएको भन्दै नेता महतोले संविधान संसोधन र अन्य मुद्धामा आनाकानी गरे प्रदेशसभा र प्रतिनिधिसभाका कुर्सी तोड्ने बताए । मधेशी कानून व्यवसायी समाजले मंगलबार आयोजना गरेको कार्यक्रममा नेता महतोले आफ्नो अधिकार प्राप्तीका लागि मधेशी जनताले आन्दोलन जारी राख्ने बताए ।

नेपालमा बस्ने सबै जातजाती, भाषाभाषीले अपनत्वको अनुभूति गरे मात्रै नेपाल समृद्ध हुने भन्दै उनले भने, ‘जबसम्म मधेश र मधेशीले अधिकार प्राप्त गर्दैनन् तबसम्म जय नेपालको नभई जय मधेशको नारा लगाईरहने छौँ ।’

कार्यक्रममा धनुषा क्षेत्र २ बाट निर्वाचित संघीय समाजवादी फोरमका प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले चुनावमा धनुषा प्रशासनले दलको भातृसंगठनको रुपमा काम गरेको आरोप लगाए । नेता अरगरियाले भ्रष्टाचारमुक्त जिल्लाको रुपमा धनुषालाई विकास गर्ने बताए ।

प्रकाशित मिति: Dec 19, 2017

प्रतिक्रिया दिनुहोस्