Logo
७ जेष्ठ २०८१, सोमबार
(November 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निधिको योजनामा सिरहा जेलमा सारिए बम काण्डका टक्ला, जेलबाटै एफएममा अन्तरवार्ता

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पुर्व गृहमन्त्री विमलेन्द्र निधिको योजनामा जनकपुर बम काण्डका मुख्य दोषी  सञ्जय साह उर्फ टक्ला सिरहा जेलमा सारिएका छन । राजधानीको डिल्लीबजार सदरखोर जेलमा रहेका टक्लालाई आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभालाई ध्यानमा राखेर निधीको योजनामा गृह जिल्ला सिरहा कारागारमा सरुवा गरिएको हो ।

मधेशमा आन्दोलनका क्रममा जेलबाट भाग्ने योजना बनाएको सुचना आएपछि प्रहरीले गत भदौमा उनको सिरहाबाट काठमाण्डौ सदरखोर जेलमा सरुवा गरिएको थियो । साहकै योजना र निर्देशनमा २०६९ वैशाख १८ मा जनकपुरमा बम विस्फोट भएको दाबीसहित उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

अलग्गै मिथिला राज्यको माग गर्दै धर्नामा रहेका व्यक्तिलाई लक्षित गर्दै भएको बम विस्फोटनमा परी पाँच जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । उनलाई तत्कालिन धनुषा प्रहरी प्रमुख उत्तम सुवेदीको टोलीले पक्राउ गरेको  थियो भन्दै मूलधारमा समाचार छ ।

राजनीतिमा छिर्नुअघि टक्लाको मुख्य काम जनकपुरलाई आधार बनाएर व्यापारी धम्काएर असुली गर्ने थियो । व्यवसायी र व्यापारीहरूलाई धम्क्याएर रकम असुल्ने कार्यमा सिद्धहस्तता प्राप्त उनी जनकपुर क्षेत्रका डनका रूपमा परिचित भए । पछि उनले ठेक्कापट्टामा पनि हात हाले र धम्कीकै भरमा ठेक्कापट्टा हात पार्न थाले । तर, तराई आन्दोलनको उपजस्वरूप उनी मधेसको राजनीतिमा प्रवेश गरे र ०६४ को चुनावमा सभासद् जिती भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत हुन पुगे । उनि पछिल्लो संविधान सभाको निर्वाचनमा पनि धनुषा ४ बाटै निर्वाचित भएका थिए ।

अहिले धनुषा–३ मा साहको पुरानो पार्टीका नेता राजेन्द्र महतो राजपाबाट र निधि नेपाली कांग्रेसबाट सँगै चुनावी प्रतिस्पर्धामा छन् ।  निधीले निर्वाचनमा टक्ला र उसको समुहको साथ पाए आफुलाई निर्वाचन जित्न सहज हुने ठानेर जेल सारेको बताइएको छ ।

जेल सारिएसंगै टक्लाले तराईका बिभिन्न एफएम रेडियोहरुलाई निधीका पक्षमा भोट दिन अन्तरवार्ता समेत दिन भ्याई सकेका छन । अन्तरवर्तामा टक्लाले आफू जनकपुरका भगवान भएको दावी गरेका छन् । उनले आफूले जे भने जनकपुरवासि त्यही गर्ने बताएका छन् ।

प्रकाशित मिति: Nov 30, 2017

प्रतिक्रिया दिनुहोस्