Logo
२३ बैशाख २०८१, आईतबार
(November 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परिबारसँग जोडिएका पात्र र चरित्रलाई अहिले नै सार्वजनिक गर्न चाहान्न : प्रचण्ड बुहारी सृजना

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र स्व. प्रकाश दाहालकी पत्नी सृजना त्रीपाठीले फेसबुक मार्फत सार्वजनिक अपिल गरेकी छ्न ।

उनको फेसबुक वालबाट जस्ताको त्यतै :

प्रियजन,

हामी यति बेला शोकको घडीमा छौं! सँगै ऐतिहासिक चुनावी सँघर्षको राप र तापमा छौं ! यो बेला कमरेड अध्यक्ष जुन मेरो बुवा प्रचण्डको समृद्ध नेपालको चाहाना सार्थक बनाउन हामी सबै शोकका बेला पनि चुनावी मैदानमा छौ ! यो अभिभाराका सामु कतिपय ब्यक्तिगत सन्दर्भ कम्तीमा पनि अहिलेलाई गौण रहेको मैले हेक्का राखेकी छु ! म र मेरो परिबारलाई शोकको समयमा साथ दिने सबै जनमानसमा नमन गर्दछु ! पार्टी अध्यक्ष कमरेड प्रचण्ड जुन मेरो बुवाको सल्लाह मेरो लागी मार्ग निर्देशक हुन ! परिबारसँग जोडिएका र पार्टीका कतिपय पात्र र चरित्रलाई लिएर म यो शोकको घडीमा कमरेड अध्यक्ष लगायत परिबारजन र पुरै पार्टीलाई थप मर्माहत बनाउन चाहान्न ! हाम्रो सिड़गो पार्टीलाई बिजयी बनाउन हामी सबै एकजुट हुन आग्रह गर्दछु ! साथै न्यायको पक्षमा तपाईहरुको साथ सदा रहीरहने छ भन्ने पुर्ण बिश्वासका सहित बिदा हुन्छु !

धन्यबाद
श्रृजना त्रिपाठी (दाहाल)

प्रकाशित मिति: Nov 25, 2017

प्रतिक्रिया दिनुहोस्