Logo
८ जेष्ठ २०८१, मंगलबार
(November 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा दुई तिहाई र संसदमा बलियो उपस्थिति हुने फोरम-राजपाको दाबी

  • उषा खडगा, 

राजविराज : संघीय समाजवादी फोरम-राजपा गठबन्धनले प्रदेश २ मा दुई तिहाईको दाबी गरेको छ भने प्रतिनिधिसभामा पनि बलियो उपस्थिति हुने कताएको छ । फोरम-राजपा गठबन्धनले शनिबार सप्तरीको राजविराजमा गरेको चुनावी सभामा शीर्ष नेताहरुले प्रदेश २ मा दुई तिहाईका लागि मतदातासँग भोट मागेका छन् ।

प्रमुख दलहरुले २२ जिल्लाको मधेसलाई ८ मा खुम्च्याउन खोजेको आरोप लगाउँदै फोरम अध्यक्ष उपेन्द्र यादवले भने, ‘आठ जिल्लामा दुई तिहाई ल्याएर यसलाई मधेस राज्य बनाइनेछ र बाँकी खोसिएका जिल्ला प्राप्तिका लागि लडिनेछ ।’ मधेस सरकार बनेपछि मधेसको आन्दानी मधेसमै राख्ने, मधेस पुलिस, मधेस लोकसेवा लगायत आफ्नै प्रशासन रहने उनले बताए ।

फोरम-राजपा गठबन्धनले प्रदेश २ का प्रदेश र प्रतिनिधिसभामा संयुक्त उम्मेदवारी दिएका छन् । यादवले प्रतिनिधिसभामा फोरम-राजपा गठबन्धनको बलियो उपस्थिति आवश्यक रहेको बताए । मधेस विरोधी र नश्लवादी चिन्तनका साथ आएको भन्दै उनले संविधानमा संशोधनका लागि आफूहरुलाई मत दिन आग्रह गरे ।

सभामा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बुलेटको जवाफ ब्यालेटले दिनु पर्ने बताए । अधिकार माग्दा मलेठ लगायतका स्थानमा गोली चलाएको भन्दै उनले बुलेटको जवाफ २१ गते ब्यालेट मार्फत दिन आग्रह गरे । उनले अघि भने, मधेस विरोधी संविधानमा हस्ताक्षर गर्ने कागष््रेस एमाले र माओवादीमा मधेसबाट प्रतिनिधित्व गरी बसेका नेताहरुसँग बदला लिने बेला आएको छ ।’

प्रकाशित मिति: Nov 25, 2017

प्रतिक्रिया दिनुहोस्