Logo
१९ बैशाख २०८१, बुधबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहुप्रतिक्षित फिल्म ‘टाइगर जिंदा है’ को पहिलो गीत रिलिज (भिडियो)

सलमान खान र कट्रिना कैफको बहुप्रतिक्षित फिल्म ‘टाइगर जिंदा है’ को पहिलो गीत रिलिज भएको छ । ‘स्वैग से स्वागत’ बोलको यो गीतमा कुनै समय रियल लाइफमा समेत प्रेमी/प्रेमिका रहेका सलमान र कट्रिनाको रोमान्स देख्न सकिन्छ ।

गीतमा जोडीले गरेको अभिनय तथा फिल्मको पोष्टर देख्दा लाग्छ, फिल्ममा एक्सनको साथै रोमान्सको पनि भरपुर स्वाद रहेको छ ।

फिल्म आउँदो क्रिसमस अर्थात २२ डिसेम्बरमा रिलिज हुँदैछ । हिन्दुस्तान टाइम्सका अनुसार यो गीतको सुटिङ ग्रिसमा गरिएको हो ।

एक था टाइगरको सिक्वेलको रुपमा आएको यो फिल्मको निर्देशन अली अब्बासले गरेका छन् भने संगीत विशाल–शेखरको रहेको छ।

प्रकाशित मिति: Nov 21, 2017

प्रतिक्रिया दिनुहोस्