Logo
२२ बैशाख २०८१, शनिबार
(November 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा हाम्रो कसैसँग-कुनै प्रतिस्पर्धा छैन : राजिव कोइराला, नेपाली कांग्रेस

नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा सुरु गरेको राजिव कोइराला विभिन्न संघर्ष पछी नेपाली राजनीतिमा प्रवेश गरेका थिए । उनी नेपाली काङ्ग्रेसमा लगनशील, सहनशिल, मेहनती र जुझारु युवाका रुपमा सुनसरी काङ्ग्रेसको सभापती भै हाल सम्म सिङ्गो काङ्ग्रेसलाई हाक्ने क्षमतावान, साहसी र निडर युवा हुन् । अगामी महिना हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट उम्मेदवार बनेका छन । नेपाली काङ्ग्रेस सुनसरी सभापति तथा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) का उम्मेदवार राजिव कोइरालासँग टेलिफोनमा टाेमराज मेहताले गरेको कुराकानी सार सांक्षिप्त अंश :

तपाईं घर दैलो कार्यक्रम सुरु गर्नु भएको छ जनतामा कतिको उत्साह आएको पाउनु भएको छ नि ?
अगामी महिना हुने निर्वाचनलाई लक्षित गरि चुनाव प्रचार प्रसारको लागि हामी घर दैलो कार्यक्रम गर्दै हिडेका छौ । घर दैलोमा मतदाताहरु सङ भेटघाट गर्ने परिचय दिने र रुख छापमा मत दिन आग्रह गर्दै हिडेकाे छु । जनतामा निकै राम्रो उत्साह आएको छ ।

तपाईंको निर्वाचन क्षेत्रमा एमाले सङ्ग कडा प्रतिस्पर्धा हुने चर्चा चलिरहेको छ नि ?

नेपाली काङ्ग्रेसबाट म उम्मेदवार भएको हुनाले मेरो निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ( ख) मा कसैसँग प्रतिस्पर्धा छैन । पार्टीले दिएको जिम्मेवारी म इमानदारिताका साथ निर्वाह गर्छु । बाहिर हल्ला मात्र चलेको छ । जनताको मतले मेरो जित सुनिश्चित छ ।

तपाईं नेपाली काङ्ग्रेस सुनसरीको सभापति अनि तपाई संगै एमालेबाट उम्मेदवार बनेका तत्कालीन सुनसरी काङ्ग्रेसका उप सभापति राम प्रसाद मेहता एकै निर्वाचन क्षेत्रमा चुनावमा होमिदा केही असर पर्दैन त ?
हेर्नुस् काङ्ग्रेसमा हुदा हामी संगै काम गरेका हौं । वहाँ मेरो आदरणीय दाजु हो । वहाँ मेरो प्रेणाकाे श्रोत हो त्यसले म केही बोल्न चाहदिन । जनताले मन पराएको व्यत्तिलाई मतदान गर्नेछ । चुनावको नतिजाबाट थाहा हुन्छ ।

तपाई आफ्नो निर्वाचन क्षेत्रमा जित्ने आधार के के छ ?
नेपाली काङ्ग्रेसको इतिहास छ । समय समयमा परिवर्तन गरेको छ । जनताको समस्यामा सहयोग गरेको छ । काङ्ग्रेसको संगठन बलियो छ । काङ्ग्रेसले जनताको मुद्दालाई सशत्त रूपमा आवाज उठाएको छ । विकासको लहर ल्याएको छ । काङ्ग्रेस सङ्ग मुद्दा छ र जनता लोकतन्त्र रक्षाका लागि अहिले एक जुट भएकोले थुप्रै जित्ने आधारहरु छ। हामी जित्छौ पनि ।

तपाईंलाई त प्रतिनिधि सभाका लागि सिफारिस गरेको थियो तर प्रदेश सभामा उम्मेदवार बन्नु भयो नि ?

पार्टीको निर्णयलाई आत्मसाथ गरि प्रदेश सभामा उम्मेदवार बनेको छु । संगठनमा ठुलो कुरा भनेको अनुशासन हो । संगठनको निर्णयलाई स्वागत गर्दै प्रदेश सभाको उम्मेदवार भै जनतामाझ प्रस्तुत भएको हु । संगठन भित्र सहनशिल, त्याग , तपस्या र बलिदान ठुलो कुरा हो । पार्टीले दिएको जिम्मेवारी मेरो काधमा छ । म खुशि नै छु ।

तपाई दुई पटक सुनसरी सभापतिको नेतृत्वले निकै चर्चा पाउनुभएको छ नि ?
गाउँ देखि जिल्ला सम्मका नेता तथा कार्यकर्ताहरु आवाजलाई कदर गर्दै काङ्ग्रेस सुनसरीको सभापति जस्तो गरिमामय पदको जिम्मेवारी दिएकोमा म आफुलाई गर्वभान्वित ठान्दछु । पार्टी भित्र कसैलाई काखा पाखा नगरि समान रुपले हेर्ने व्यवहारको उपज हो । नेतृत्व गर्दा विभिन्न आरोह अबरोह आउने गर्छन् । समस्याहरु सङ्ग लडदै सुनसरी काङ्ग्रेसलाई बलियो बनाई अहिले पार्टीको शिर उच्च बनाएको छु र बनाउने प्रयासमा छु । एक्लै केही कुरा गर्न सकिँदन टिम वर्कले भएको हो। साथीहरूको सहयोगबाट यहाँ सम्म आइपुगेको छु । सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।

जनताले काङ्ग्रेसलाई कतिको बिश्वास गरेका छन त ?
जनताको बिश्वासले गर्दा काङ्ग्रेसले सुनसरीको स्थानीय तहको निर्वाचनमा नगरपालिका देखि गाउँपालिकामा काङ्ग्रेसका योग्य, दक्ष र इमानदार युवाहरूलाई आफ्नो मत दिई जिताएका छन । जनतासङ्गको समवन्ध नङ्ग र मासुको छ ।काङ्ग्रेसले जनतालाई झुकयाउदैन र जनताको बिश्वासिलो पार्टी भनेको नै काङ्ग्रेस हो। काङ्ग्रेस रोज्नुको विक्लप नभएको कुरा जनता मज्जाले बुझेका छन् त्यसले जनताको नजरमा लोकप्रिय पार्टी नै काङ्ग्रेस भएको हो । प्रतिनिधि र प्रदेश सभामा पनि काङ्ग्रेसका उम्मेदवारलाई मत दिई बिजयी बनाउने छन् भन्ने कुरामा म बिश्वस्त छु ।

सुनसरीमा नेपाली काङ्ग्रेसले निर्वाचन पछी लाल किल्ला गाडन सफल हुन्छ त ?
नेपाली काङ्ग्रेसको पक्षमा अहिले माहोल राम्रो छ । जसरि स्थानीय तहको निर्वाचनमा जनताले उत्साहपुर्ण तरिकाबाट काङ्ग्रेसमा मतदान गरे त्यसरी नै यो निर्वाचनमा मतदान गर्‍यो भने हामी लाल किल्ला गाडन सफल हुन्छौं । यसपालि सुनसरीमा काङ्ग्रेसको बहुमत आउँछ । सबै निर्वाचन क्षेत्रमा काङ्ग्रेसकै पक्षमा मतदाताहरु सक्रिय भएर लागेका छन् । त्यसले हामी निर्वाचन परिणामको पर्खाइमा छौ ।

नेपाल कुशवाहा कल्याण समाज केन्द्रिय समितीले कुशवाहा समुदायका व्यत्तिलाई मतदान गर्न अपिल नै गरेका छन्, तपाईसंग मेहता जि नै चुनावी प्रतिस्पर्धामा छन । के मेहता समुदायबाट तपाईंलाई मत आउने कतिको सम्भावना छ ?
म सबै भन्दा बढी सुनसरीको ग्रामीण क्षेत्रका जनताहरुसंग नजीक छु । ती मेहता समुदाय मात्रै होइन सबै जातजातिको वकालत गर्ने पार्टी काङ्ग्रेस हो । काङ्ग्रेसको विकल्प पनि छैन । जनता मूर्ख छैन । नातावाद , कृपावाद र आफ्न्तवादको राजनिती खतम भइसकेको छ । जनताको नजरमा जो विकासप्रेमी, जनतामुखी, जनताप्रतिको सहानुभूति, परिवर्तन, आउने सन्तानको भविष्य उज्ज्वल, सिद्धान्त र विचार, मुलुकमा स्थायी शान्ति कायम तथा जनतालाई समृद्धि दिने तर्फ जसले भुमिका खेल्छन् उसको नै जित हुनेछन् । कुशवाहा कल्याण समाजको निर्णयलाई स्वागत गर्दछु ।

अन्तिममा तपाई आफ्ना मतदातालाई के सन्देश दिन चाहन्छु ?
हाम्रा भन्दा पनि राम्रा लाई मतदान गर्न आग्रह गर्द्छु । मलाई बिश्वास गर्ने माया गर्ने र प्रोत्साहन गर्ने तथा मेरा सम्पुर्ण शुभचिन्तकहरुलाई रुख चिन्हमा मतदान गरि बिजयी बनाउन अनुरोध गर्द्छु । तपाईको एक मत मेरो लागि धेरै महत्त्वपूर्ण हो त्यसले बदर गर्नु भन्दा पनि राम्रोसँग रुख चिन्हमा मतदान गरि म जस्तो काम गर्ने युवालाई सेवा गर्न मौका प्रदान गर्न अपील गर्दैछु । सबैको साथ र सहयोगको आवश्यकता परेकोले आ- आफ्नो ठाउमा सकारात्मक भुमिका खेलिदिन पनि यसैबाट अनुरोध गर्दछु ।

प्रकाशित मिति: Nov 12, 2017

प्रतिक्रिया दिनुहोस्