Logo
१७ बैशाख २०८१, सोमबार
(November 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजी स्वार्थका कारण निधीले लोकतान्त्रिक गठबन्धन टुटाएको महतोको आरोप

जनकपुरधाम : राजपा नेपालका नेता राजेन्द्र महतोले लोकतान्त्रिक गठबन्धन नबन्नुमा नेपाली कांग्रेसनै दोषी रहेको बताएका छन् । धनुषा-३ को घोरघास मा चुनावी सभालाई सम्बोधन गर्दै राजेन्द्र महतोले कांग्रेसके केही नेताको निजि स्वार्थको कारण लोकतान्त्रिक गठबन्धनले पूर्णता नपाएको बताए ।

धनुषा-३मा आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका उम्मेद्वार बिमलेन्द्र निधिलाई इंगित गर्दै महतोले भने एउटा सिटमा पनि सम्झौता हुन नदिने नेताले लोकतान्त्रिक गठबन्धनमा भाडभैलो मचाएको आरोप लगाए । ‘ठुलो दलले ठुलो दिल देखाउनु पर्छ, सबै सिट आफै लिने र मधेशी नेतालाई प्रदेश सभा र राष्ट्रिय सभाको ललिपप देखाएर राजनीतिक समाप्त पार्ने षड्यन्त्र कांग्रेस पार्टीले गरेको छ.’ महतोले भने- ‘एउटा नेताको स्वार्थमा लोकतान्त्रिक गठबन्धनको गर्भमै हत्या गरिएको छ ।

चुनावी सभालाई सम्बोधन गर्दै राजपा नेता राजेन्द्र महतोले संविधान संशोधन विफल गराउने षड्यन्त्रमा एमाले संगसंगै नेपाली कांग्रेसले पनि षड्यन्त्रकारी भूमिका खेलेको बताए । स्थानीय चुनाव भन्दा पहिले संविधान संशोधन गरे त्यसको पुरै फाईदा राजपाले पाउने अनुमान गरे पछी नेपालि कांग्रेसका केही मधेशी नेताहरुले षड्यन्त्रपूर्वक संशोधन विधेयकलाई असफल बनाएको समेत आरोप लगाए ।

यस संसदीय चुनाव पछि संविधान संशोधन सुनिश्चित गरि मधेशी जनताको खोसेको अधिकार फिर्ता दिलाउन राजपा-फोरम गठबन्धनको पक्षमा मतदान गर्न सर्वसाधारणलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति: Nov 10, 2017

प्रतिक्रिया दिनुहोस्